Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बाढीका कारण केरुङमा अड्किएका नेपाली फर्कंदै

बाढीका कारण केरुङमा अड्किएका नेपाली फर्कंदै

images

इच्छाकामना न्युज

७, श्रावण २०८२
बाढीका कारण केरुङमा अड्किएका नेपाली फर्कंदै
images

केरुङ । बाढीका कारण केरुङमा रोकिएका नेपालीहरु आज तातोपानी नाकाबाट नेपाल आउँदै छन्। चीनको केरुङमा रहेका सवारी चालक बद्रीबहादुर आचार्यका अनुसार चीनीयाँ समय अनुसार बिहान सात बजे चीनीयाँ सवारी साधनमा तातोपानी नाकातर्फ लागिसकेको बताए।

उनका अनुसार नेपाल फर्कनेहरुमा मुख्य त बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्‍याएका नेपालीहरु रहेका छन्। तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरुका लागि काठमाडाैंसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चीनतर्फ चीनियाँ सरकारले गरेको छ।

जसमा फर्कनेमा सवारी चालक तथा बिरामी परेका र नियमित औषधी सेबन गरने र औषधि सकिएका गरि दुई सय तीन जना नेपालीहरु रहेको प्रमुख जिलला अधिकारी अर्जुन पौडेलले बताए।

रसुवागढी नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई चीन सरकारले सिन्धुपाल्चोक स्थित तातोपानी नाकाबाट नेपाल फर्काएको हो। गत असार २४ गते लेन्देखोलामा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए।

बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेसी–रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काईएको हो।

images
प्रकाशित मिति :श्रावण ७, २०८२ बुधवार - ०९:२२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology