अछाम, १७ फागुन । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ११ जुपु वलडाडामा रहेको कालिका माध्यामिक विद्यालयलाई ५ दिनका लागी बन्द गरिएको छ । शिक्षक र विद्यार्थीमा एक्कासि भाईरल ज्वरोको प्रकोप देखिएपछी फागुन २१ गतेसम्मका लागी पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।
करिब १ हप्तादेखि दैनिक जसो शिक्षक देखि विद्यार्थिमा ज्वरो आउने, पेट दुख्ने, बान्ता गर्ने, टाउको दुख्ने लगाएतका लक्षण देखिएपछी जिल्ला प्रशासन, मंगलसेन नगरपालिका, शिक्षा बिकास तथा समन्वय ईकाई अछाम, स्वास्थ्य कार्यालय र वडा सरकार, अभिभावकको समन्वयमा फागुन १७ गतेदेखि २१ गते शुक्रबार सम्मका लागी विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर शाहले बताउनु भयो । करिब ७ दिन अघि देखि सुरु भएको भाईरल ज्वरो नियन्त्रण नभएपछीसबैको समन्वयमा विद्यालयको आन्तरिक काम मात्रै गर्ने गरि पठपाठन बन्द गरिएको शाहले बताउनु भयो । स्वास्थ्यकर्मिको टोलिले कोरोनाभाईरस, मलेरिया, कालाजारको समेत परिक्षण गरिएकाले कसैलाई नदेखिएकाले भाईरल ज्वरो नै हुनसक्ने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले बताउनुभयो ।
स्वास्थ्यकर्मीको टोलिले विद्यालयमै गएर उपचार सहित आवश्यक जाँच गरेकाले केही रिपोर्ट आउन बाकी समेत रहेको उहाँले बताउनु भयो । गर्मीयाम सुरु भएकाले भाईरल ज्वरो हुनसक्ने भएकाले तत्काल नियन्त्रणमा समेत आउने भएकाले कसैलाई नआत्तिन उहाँले आग्रह गर्नु भयो ।