Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा गण्डकी गाउँपालिका र आरुअर्वाङका २ बालिका लामो समयदेखि बलात्कारको शिकार

गोरखा गण्डकी गाउँपालिका र आरुअर्वाङका २ बालिका लामो समयदेखि बलात्कारको शिकार

पत्रपत्रिका

१७, फाल्गुण २०७७
गोरखा गण्डकी गाउँपालिका र आरुअर्वाङका २ बालिका लामो समयदेखि बलात्कारको शिकार
images

गोरखा, १७ फागुन । गोरखाका दुई बालिका लामो समयदेखि बलात्कारको शिकार भएको खुलेको छ । आरुघाट गाउँपालिका वडा नं. ६ आरुआर्बाङ र गण्डकी गाउँपालिका वडा नं. ४ फुजेलका दुई बालिका बारम्बार बलात्कृत भएको पिडितका आफन्तहरुले जनाएका छन् ।

images
images

गोरखा नगरपालिकाकी १४ बर्षीया एक बालिकालाई आफ्नै आश्रयमा राखी पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले आरुआर्बाङ कल्लेरीका २६ वर्षीय काशिराम सुनारलाई पक्राउ गरेको छ । पिडितले दिएको जाहेरीको आधारमा सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गण्डकी गाउँपालिका वडा नं. ४ गैरीगाउँकी एक बालिकालाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरीले ८७ बर्षका केदारप्रसाद देवकोटालाई पक्राउ गरेको छ । गोठालो जाँदा वृद्ध देवकोटाबाट बलात्कारको शिकार हुने गरेको भन्दै पिडितकी ठुलीआमाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

सुनारले गोरखा नगरपालिकाकी १४ बर्षकी बालिकालाई मामाको घर लगिदिने भन्दै मामाको घरमा नलगी आफ्नै घरमा राखेको बलात्कार गर्ने गरेको प्रहरीसमक्ष उनका परिवारले बयान दिएका छन् ।

आरोपी सुनारलाई प्रहरीले शनिवार पक्राउ गरी आईतवार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको एसपी सुरेन्द्र गुरुङले बताए । लामो समयसम्म बालिका परिबारको सम्पर्कमा नरहेपछि खोजी गर्दा सुनारको घरमा भेटेको बताएका छन् । पिडकले बालिकालाई गोरखा सदरमुकामदेखि ललाई फकाई मोटरसाईकलमा लगेका थिए ।
यस्तै गण्डकी गाउँपालिका ४ गैरीगाउँकी १३ बर्षकी बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले सोधखोज गर्दा गोठालो गएका बेला आफु वृद्ध देवकोटाबाट बलात्कृत हुने गरेको पिडित बालिकाले बताएकी छिन् ।

गोरखा अस्पतालमा स्वास्थ्य जाँचपछि उनलाई घर पठाइएको प्रहरीले जनाएको छ ।
घटनाका आरोपी दुवैजनालाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको प्रहरीले जनाएको छ । ‘दुबै घटनाका आरोपीलाई पक्राउ गरी जबरजस्ती करणी अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेका छौँ’ एसपी गुरुङले भने ।

दरौदीं दैनिकबाट

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १०:५९:३० बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology