Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्री ओली आज पोखरा जाँदै 

प्रधानमन्त्री ओली आज पोखरा जाँदै 

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
प्रधानमन्त्री ओली आज पोखरा जाँदै 
images

काठमाण्डौ, १७ फागुन । प्रधानमन्त्री केपी ओली आज पोखरा जान लाग्नु भएको छ । प्रदेशस्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रमका लागि नेकपा अध्यक्ष समेत रहनु भएका उहाँ आज गण्डकी प्रदेशको राजधानी पोखरा जान लाग्नुभएको हो ।
पोखरा सभागृहमा ११ बजे सुरु हुने प्रशिक्षणमा प्रदेशका ११ जिल्लाबाट एक हजार दुई सय हाराहारीमा अगुवा कार्यकर्ता भेला हुने नेकपा ओली समूहका प्रदेश कमिटी सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो ।प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले ११ फागुनमा विघटन बदर गरिदिएपछि ओली समूहद्वारा १३ फागुनको मोटरसाइकल ¥याली, १४ गतेको मार्चपास र १५ को आमसभा रद्द गरिएको थियो । 
सोही कार्यक्रम आज हुने भएकाले प्रधानमन्त्री ओली पोखरा जान लाग्नुभएको बताइएको छ । पोखरामा हुने प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुन प्रदेश कमिटीले सीमित व्यक्ति आउन पाउने गरी मापदण्ड बनाएको छ । पार्टी केन्द्रीय, प्रदेश, जिल्ला कमिटी सदस्य, जनसंगठनका केन्द्रीय र प्रदेश पदाधिकारी, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सांसद प्रशिक्षणमा सहभागी हुन पाउने प्रदेश कमिटी सचिव नेपालीले बताउनुभयो ।

images
images

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १०:२६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology