Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मुग्लिन-फिडर अन्तर्गत इच्छाकामना र गण्डकीमा भोलि विद्युत सेवा अवरुद्ध हुने

मुग्लिन-फिडर अन्तर्गत इच्छाकामना र गण्डकीमा भोलि विद्युत सेवा अवरुद्ध हुने

images

इच्छाकामना न्युज

२२, आषाढ २०८२
मुग्लिन-फिडर अन्तर्गत इच्छाकामना र गण्डकीमा भोलि विद्युत सेवा अवरुद्ध हुने
images

इच्छाकामना । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्र चितवनले इच्छाकामना गाउँपालिका र गण्डकी गाउँपालिकाका केही क्षेत्रहरूमा असार २३ गते एक दिन विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ।

प्राधिकरणका अनुसार इच्छाकामना गाउँपालिकाको तामिन, लामिडाँडा, केबलकार क्षेत्रदेखि रमाइलोडाँडा, कुरिनटार, चुम्लिङटार, मोवाखोलासम्म र इच्छाकामना मन्दिर, गोरखाको मकैसिंह, भुम्लीचोक तथा आसपासका क्षेत्रमा ११ केभी प्रसारण लाइन स्तरोन्नति तथा नयाँ फिडर निर्माण कार्यका लागि मिति २०८२ असार २३ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ।

नेपाल विद्युत प्राधिकरणले काम तोकिएको समयभन्दा छिटो सकिएमा विद्युत सेवा छिटो सुचारु गरिने जनाएको छ।

विद्युत सेवा अवरुद्ध हुने भएकाले स्थानीयवासी तथा सरोकारवालालाई आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - १९:५६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology