Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माडीको एक घरमा आगलागी,आगलागीबाट दस लाखको क्षति

माडीको एक घरमा आगलागी,आगलागीबाट दस लाखको क्षति

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
माडीको एक घरमा आगलागी,आगलागीबाट दस लाखको क्षति

चितवन फाल्गुन,१७। माडीको एक घरमा अचानक लाइटर पड्कदा आगलागी भएको छ । माडीनगरपालिका–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको आइतबार  घरमा आगलागी हुँदा जलेर नष्ट भएको हो । स्थानीय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । घरमा राखेको लाइटर अचानक पड्केर आगलागी भएको उनले बताए । गौडेलको ढुङ्गा माटोले निर्माण गरिएको टिनले छाएको दुईतले घरमा आगलागी भएको हो ।आगलागीबाट मानवीय क्षति भने नभएको तर एउटा बाख्रा जलेर मरेको थापाले जानकारी दिनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । माडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो । गर्मी मौसमको सुरुआत भएसँगै आगलागीका घटना बढ्ने भन्दै प्रज्वलनशील वस्तुको प्रयोगमा सर्तकता अपनाउन माडी नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ । 

images

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - ०५:४४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology