Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामनामा 'एक वडा, एक कृषि उत्पादन' कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन

इच्छाकामनामा 'एक वडा, एक कृषि उत्पादन' कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन

images

इच्छाकामना न्युज

२२, आषाढ २०८२
इच्छाकामनामा 'एक वडा, एक कृषि उत्पादन' कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन
images

इच्छाकामना । इच्छाकामना गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेको 'एक वडा, एक कृषि उत्पादन कार्यक्रम' प्रभावकारी रुपमा अघि बढिरहेको छ। कृषकलाई लक्षित गर्दै विभिन्न वडाहरूमा कृषि अनुदान सामाग्री वितरणसँगै पशुपालन प्रवर्द्धनका गतिविधिहरू तीव्र गतिमा अघि बढाइएका छन्।

वडा नं. ७ मा २ वा सोभन्दा बढी माउ गाई तथा भैंसी पाल्ने कृषकहरूलाई लक्षित गर्दै २०% प्रोटिनयुक्त दाना वितरण गरिएको छ। दानाले पशुको पोषण स्तर सुधार हुने र दुग्ध उत्पादनमा वृद्धि आउने विश्वास लिइएको छ।

यसैबीच, वडा नं. ६ मा बाख्रा प्रवर्द्धन कार्यक्रम अन्तर्गत समूह स्तरमा व्याड बोका वितरण गरिएको छ। साथै, आर्थिक वर्ष २०८१/०८२ मा नयाँ बाख्राखोर निर्माण सम्पन्न गरेका दर्तावाल फर्महरूमा पनि व्याड बोका वितरण गरिएको छ।

कार्यक्रमको निरीक्षण तथा समन्वयमा सहभागी इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवाल ले यस प्रकारका कार्यक्रमले कृषकहरूको आत्मनिर्भरतामा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पशुपालन र कृषिमा आत्मनिर्भरता हासिल गर्न गाउँपालिकाले आगामी दिनमा थप कार्यक्रमहरु ल्याउने जानकारी पनि दिनुभयो।

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - १९:११:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology