Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गरिबी निवारणमा सहयोग पुग्ने अपेक्षा सहित इच्छाकामना गापाद्वारा भालुमारामा चर्खा धागो मेशिन हस्तान्तरण

गरिबी निवारणमा सहयोग पुग्ने अपेक्षा सहित इच्छाकामना गापाद्वारा भालुमारामा चर्खा धागो मेशिन हस्तान्तरण

इच्छाकामना न्युज

२२, आषाढ २०८२
गरिबी निवारणमा सहयोग पुग्ने अपेक्षा सहित इच्छाकामना गापाद्वारा भालुमारामा चर्खा धागो मेशिन हस्तान्तरण

सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिका–७ भालुमारा सुन्दरबस्तीमा  गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण गर्दै चर्खा धागो बनाउने ६ वटा मेशिन समूहगत रूपमा हस्तान्तरण गरिएको छ।

images

गाउँपालिकाको “एक घर, एक उद्यम” नीतिअनुसार  चर्खा धागो बनाउने मेसिन हस्तान्तरण गरिएको हो ।  गाउँपालिका कार्यवाहक अध्यक्ष माया सिलवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष माया सिलवालले यसअघि गाउँपालिकाबाट ३२ जनालाई हातबाट सञ्चालन गर्न मिल्ने मेशिन वितरण भइसकेको जानकारी दिनुभयो ।  सिलवालले भन्नुभयो, “गरिबी निवारणको उद्देश्यले थालिएको यो अभियान प्रभावकारी बन्दै गएको छ। यस आर्थिक वर्षमा अन्य वडामा पनि तालिम र मेशिन हस्तान्तरण गर्ने योजना रहेको छ । ”

यसैबीच स्थानीय समूहकी अध्यक्ष लालमाया गुरुङले चर्खा मेशिनको प्रयोगबाट मासिक पाँचदेखि बीस हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने बताउनुयभो । “खाली समय सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकने उहाँको भनाई छ । 

कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष तेजबहादुर शेरचन, लघु उद्यम विकास कार्यक्रमकी फोकल पर्सन रीता अर्याल नेपाल, सहजकर्ता सोनु गिरी, होटल व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष दलबहादुर बुढाथोकी  लगायतको उपस्थिति रहेको थियो । 

स्थानीयस्तरमा उद्यमशीलताको प्रवर्धन र स्वरोजगार अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट समुदायमा आर्थिक सुधार र सीपको विकास हुने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - ०८:२७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology