Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्थापनाको दुई दशक पछि तमू प्ये ल्हु संघ चितवनले खरिद गर्‍यो आफ्नै नाममा जमिन 

स्थापनाको दुई दशक पछि तमू प्ये ल्हु संघ चितवनले खरिद गर्‍यो आफ्नै नाममा जमिन 

इच्छाकामना न्युज

२०, आषाढ २०८२
स्थापनाको दुई दशक पछि तमू प्ये ल्हु संघ चितवनले खरिद गर्‍यो आफ्नै नाममा जमिन 
images

भरतपुर । तमू प्ये ल्हु संघ चितवनले संस्था स्थापना भएको दुई दशकपछि आफ्नै नाममा जमिन खरिद गरेको छ । भरतपुर महानगरपालिका वडा नं.४ स्थित यज्ञपुरीमा खरिद गरेको एक कठ्ठा जमिन पास गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

images
images

वि.सं.२०६० सालमा संस्थाको चितवन जिल्ला शाखा स्थापना भए पनि आफ्नै जमिन र संरचना नहुँदा प्ये ल्हु संघको नियमित गतिविधि प्रभावित बन्दै आएको थियो । 

त्यसकारण संघले गतवर्षदेखि जमिन खरिद गर्नुका साथै उक्त जमिनमा आवश्यक संरचना निर्माणको लागि अर्थ सङ्कलनको अभियान सञ्चालन गरेको थियो । अर्थ सङ्कलनको कार्यक्रम चल्दै गर्दा हालै जग्गाधनी पुर्जा प्राप्त गरिएको अध्यक्ष तमूले बताए । प्ये ल्हु संघको चितवन जिल्ला समितिको उद्देश्यलाई सबैको सहयोगमा पूरा गर्न सम्भव भएको उनले बताए । 

जमिन खरिद गरिए पनि त्यसमा आवश्यक क्होइबो धीँसहितको संरचना निर्माण गर्ने अर्को चुनौती जारी रहेको हुँदा अर्थ सङ्कलन अभियानलाई निरन्तरता दिइरहेको उनले बताए ।

images
प्रकाशित मिति :आषाढ २०, २०८२ शुक्रवार - ०८:०६:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology