Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

रास्वपाको तेस्रो स्थापना दिवसमा आँबुखैरेनीमा विरोध र्याली

रास्वपाको तेस्रो स्थापना दिवसमा आँबुखैरेनीमा विरोध र्याली

images

इच्छाकामना न्युज

७, आषाढ २०८२
रास्वपाको तेस्रो स्थापना दिवसमा आँबुखैरेनीमा विरोध र्याली
images

आँबुखैरेनी, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आँबुखैरेनीले तेस्रो स्थापना दिवसको अवसरमा शनिबार शान्तिपूर्ण विरोध पदयात्रा तथा धार्मिक स्थलहरूमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। “लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसद” भन्ने मूल नारासहित कार्यक्रम गरिएको हो।

पदयात्रा आँबुखैरेनी-३, स्थित पेट्रोल पम्पबाट सुरु भई बसपार्क हुँदै शिवालय मन्दिर परिसरमा आएर कोणसभाका रूपमा परिणत भएको थियो। सो अवसरमा शिवालय मन्दिर, ताओ मन्दिर, बौद्ध गुम्बा, तथा साई केन्द्र परिसर वरपर सरसफाइ गरिएको थियो। कार्यक्रमको अध्यक्षता रास्वपा आँबुखैरेनीका सभापति राम श्रेष्ठले गरेका थिए।

कार्यक्रममा केन्द्रिय ऊर्जा विभाग संयोजक श्रीराम न्यौपाने, जिल्ला सभापति बिश्व बास्तोला, क्षेत्रीय सभापति बिष्णु बहादुर पन्त, लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रास्वपाका नेताहरूले लुटतन्त्रको अन्त्य र जवाफदेही राजनीतिक अभ्यासका लागि सडकदेखि संसदसम्म जनमत परिचालन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

images
प्रकाशित मिति :आषाढ ७, २०८२ शनिवार - १६:१७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology