Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

images

इच्छाकामना न्युज

३, आषाढ २०८२
मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो
images

इच्छाकामना । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोलामा दुइटा गाडीमा सामान्य क्षति पुगेको छ । एउटा हायस माइक्रोबसको छतमा माथिबाट ढुंगा खसेको हो ।

अर्को एउटा एम्बुलेन्सको अगाडिको सिसा चर्किएको सडक डिभिजन भरतपुरले जनाएको छ । मंगलबार (असार ३) मध्याह्न उक्त स्थानमा सुक्खा पहिरो खसेको थियो । पहिरो पन्छाएर सवारीसाधनको आवागमन खुलाउने क्रममा माथिबाट ढुंगा खसेको सडक डिभिजनले जनाएको छ ।

त्यसक्रममा मानवीय क्षति भएको छैन । “मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै खसेको सुक्खा पहिरो हटाई साना सवारीसाधनहरूलाई आवागमन सुचारु हुँदै गर्दा माथिबाट ढुंगा खसेर हायसको छतमा झरेको थियोे भने एम्बुलेन्सको अगाडिको सिसा चर्किएको थियो,” सडक डिभिजनले मंगलबार अपराह्न ४ः१० बजे जारी गरेको सूचनामा उल्लेख छ, “मानवीय क्षति भने हुन पाएन । बुझेर, हेरेर मात्र सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।”

images
प्रकाशित मिति :आषाढ ३, २०८२ मंगलवार - १७:१०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology