Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अब नयाँ प्रधानमन्त्री को बन्छ ? काँग्रेस निर्णायक, तर निर्णय गर्न बाँकी 

अब नयाँ प्रधानमन्त्री को बन्छ ? काँग्रेस निर्णायक, तर निर्णय गर्न बाँकी 

images

सिआईएन

१६, फाल्गुण २०७७
अब नयाँ प्रधानमन्त्री को बन्छ ? काँग्रेस निर्णायक, तर निर्णय गर्न बाँकी 
images

काठमाण्डौ, १६ फागुन । प्रतिनिधिसभाको बैठक फागुन २३ गतेका लागि आह्वान भएसँगै अब नयाँ प्रधानमन्त्री को बन्छ ? भन्ने चासो सुरु भएको छ । संसद पुर्नस्थापना भएसँगै आफुहरुले जितेको महसुस गरेका नेकपाका प्रचण्ड–नेपाल समुहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । 
तर प्रधानमन्त्री ओली पक्षका नेताहरुले भने तत्काल राजीनामा नदिने र सकेसम्म आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने रणनिति बनाएका छन् । अबको प्रधानमन्त्री कसलाई बनाउने मुख्य भूमिका काँग्रेसको देखिएको छ । काँग्रेसले जसलाई साथ दिन्छ, उही समूहले सरकारको नेतृत्व गर्ने अवस्था छ । काँग्रेस नेताहरुले भने औपचारिक रुपमा सरकारको बारेमा बोलिसकेका छैनन् । 
तर ओली पक्षका नेताहरुले भने प्रधानमन्त्रीले राजीनामा नदिने र यहि सरकारलाई निरन्तरता दिने बताएका छन् । सीआईएनसँग कुरा गर्दै ओली पक्षका नेता महेस बस्नेतले सर्वोच्चको फैसलासँगै वर्तमान सरकारको निरन्तरता देखिएकाले प्रधानमन्त्रीले राजीनामा नदिने बताउनुभयो । प्रचण्ड–नेपाल समुहले भने संसदमा नयाँ अविश्वास प्रस्ताव लैजाने तयारी गरेको छ । नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीलाई पदबाट हटाउन नयाँ प्रक्रियामा जाने बताउनुभयो ।  

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०९:०२:५७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology