Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपाल विद्यार्थी संघ तनहुँको पालिका स्तरीय अधिवेशन सुरु

नेपाल विद्यार्थी संघ तनहुँको पालिका स्तरीय अधिवेशन सुरु

images
नेपाल विद्यार्थी संघ तनहुँको पालिका स्तरीय अधिवेशन सुरु
images
देवघाट (तनहुँ) — नेपाल विद्यार्थी संघ तनहुँले पालिका स्तरीय अधिवेशनको थालनी देवघाट गाउँपालिकाको कालिका माध्यमिक विद्यालयबाट सुर गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा ईकाइ गठन तथा नयाँ सदस्यता वितरण कार्य सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि ने.वि.संघका केन्द्रीय सदस्य सुनिल मिश्रले विद्यार्थीहरूलाई राजनीतिक चेतना र नेतृत्व क्षमतामा सबल बनाउने दिशामा संगठन अघि बढिरहेको बताए। उनले वर्तमान परिप्रेक्ष्यमा विद्यार्थीहरूको भूमिका अझ महत्वपूर्ण भएको उल्लेख गरे।
“विद्यार्थी आन्दोलन नेपाली कांग्रेसको मेरुदण्ड हो। संगठन बलियो बनाउन हामी सबै प्रतिबद्ध हुनु आवश्यक छ,” मिश्रले भने। उनले संगठनभित्र अनुशासन, निष्ठा र समर्पणको भावना विकास गर्नुपर्ने कुरामा जोड दिए।
कार्यक्रमको अध्यक्षता पालिका संयोजक तथा जिल्ला सदस्य हरि कुँवरले गरेका थिए। कार्यक्रममा ने.वि.संघ जिल्ला अध्यक्ष आशिष कैनी, नेपाली कांग्रेस क्षेत्र नं. २ का सहसचिव यम सारु, जिल्ला प्रवक्ता रिमबहादुर आले, भानु नगर संयोजक सुजन थपलिया, ने.वि.संघ नेता उत्तम लामा लगायतको उपस्थिति थियो।
कार्यक्रममा बोल्ने नेताहरूले पालिकास्तरबाट सुरु भएको अधिवेशनलाई जिल्लासम्म लैजाने क्रम व्यवस्थित रूपमा अगाडि बढ्ने जनाएका छन्। उनीहरूले नयाँ पुस्तामा राजनीतिक चेतना र संगठनप्रतिको लगाव अभिवृद्धि गर्न यस्तो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे।

images
प्रकाशित मिति :जेठ ६, २०८२ मंगलवार - ०६:४९:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology