Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

कुलेखानी-कलंकी सडक जेठ २ देखि बन्द हुने (सूचनासहित)

कुलेखानी-कलंकी सडक जेठ २ देखि बन्द हुने (सूचनासहित)

images

इच्छाकामना न्युज

३१, बैशाख २०८२
कुलेखानी-कलंकी सडक जेठ २ देखि बन्द हुने (सूचनासहित)
images

हेटौँडा । हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाण्डु जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड जेठ २ गतेदेखि जेठ २० गतेसम्म बन्द हुने भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड कालोपत्रे गर्नुपर्ने भएकोले यो सडक खण्ड १९ दिनका लागि गाडीको आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ ।

बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, हेटौँडामार्फत यो सडक खण्डको स्तरोन्नतिको कार्य हुँदै आएको छ ।

सडक बन्द हुने अवधिमा हेटौँडा–काठमाण्डौ वा काठमाण्डौ–हेटौँडा यात्रा गर्नुपर्ने गाडीले अन्य वैकल्पिक मार्गका रुपमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्नसमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले निकालेको सूचनामा भनिएको छ ।

 

images
प्रकाशित मिति :बैशाख ३१, २०८२ बुधवार - ०८:५९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology