Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

यो कस्तो संयोगः गोरखाको सिडियो, सहायक सिडियो र एसपीको एकैदिन सरुवा

यो कस्तो संयोगः गोरखाको सिडियो, सहायक सिडियो र एसपीको एकैदिन सरुवा

images

इच्छाकामना न्युज

१४, फाल्गुण २०७७
यो कस्तो संयोगः गोरखाको सिडियो, सहायक सिडियो र एसपीको एकैदिन सरुवा
images

गोरखा, १४ फागुन । गोरखामा आज अनौठो संयोग परेको छ। जिल्लाको प्रमुख निकायका प्रमुखहरुको एकै दिन सरुवा भएको छ। जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको आज सरुवा भएको हो।
७ महिनाअघि गोरखामा प्रमुख जिल्ला अधिकारीका रुपमा आएका तिर्थराज भट्टराईको महोत्तरी जिल्लामा सरुवा भएको हो। भट्टराई महोत्तरीका सिडिओका रुपमा गोरखाबाट बिदा हुदैछन्।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री पर्वत सरुवा भएकी हुन्। उनी समेत पर्वतकी सिडिओ बनेर गोरखाबाट जादैछिन्।
यसैगरी शुक्रबार नै गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङको समेत सरुवा भएको छ। उनी समेत ९ महिना अघि नै गोरखा आएका थिए। उनको अपराध अनुसन्धान बिभाग सुरक्षा सेवा ब्यवस्थापन महाशाखामा सरुवा भएको हो।
यसैगरी अब गोरखामा नयाँ सिडिओका रुपमा गृह मन्त्रालयमा कार्यरत शालिग्राम पौडेल आउने भएका छन्। यसैगरी जिल्ला प्रशासन कार्यालय बझाङबाट कमलराज भण्डारी सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा गोरखा आउदैछन्।
त्यस्तै गोरखाका प्रहरी प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय काठमाण्डौँबाट एसपी शेखर खनाल गोरखाको नयाँ प्रहरी प्रमुखको रुपमा आउने भएका छन्।
गोरखामा सिडिओ, सहायक सिडिओ र प्रहरी प्रमुखको एकै दिन सरुवा भएको यो संभवत पहिलो पटक हो ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - २०:१६:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology