काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ ।
यसैगरी लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्म चक्र पार्क, कालीमाटीमा रहेको कालीमाटी ब्याङ्कवेट, कालीमाटीकै द्यौखेल, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्डस्टोर, माछापोखरीको बुद्ध मल, माछा पोखरीकै गुणस्तर तथा नापतौल विभागतर्फको गहिलो भाग, हाँडीगाउँ (नरःदे) को कार्यालय अगाडिको डबली, हाँडीगाउँकै गणेश मन्दिर डबली, वडा नं २६ को कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, चप्पल कारखानाको बिगमार्ट र बालुवाटारको बिगमार्टमा पनि फूल बिक्रीका लागि स्थान उपलब्ध गराइएको छ ।
यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ । महानगर प्रहरी बलसँग सम्पर्क गर्न ०१–५९०१७६३, ०१–५९०१७६४ मा र मोवाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गरेर सहयोग लिन सकिने प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो ।
वातावरण व्यवस्थापन विभागले भनेको छ, “नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको छ ।
कामपालेसमेत विगतका वर्षदेखि नै प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा निषेध गरेको छ ।” फूलको बढ्दो मागलाई स्वदेशी उत्पादनबाटै धान्ने र नेपाली किसानले उत्पादन गरेको फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले किसानलाई सिधै बजारको पहुँच दिन कामपाले यस किसिमको व्यवस्था गरेको हो ।