Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

images

इच्छाकामना न्युज

२०, कार्तिक २०८३
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
images

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ग प्र ०४–००१ प ००४५ नम्बरकोे ट्रकले आँखा अस्पतालबाट मनोहरातर्फ जाँदै गरेको बा प्र ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते हुनुभएकी तिमिल्सिनाको उपचारका क्रममा निधन भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृतकको साथमा रहेको त्रिभुवन विश्वविद्यालयको परिचयपत्रका आधारमा उहाँको पहिचान खुलेको हो । दुवै सवारीसाधन र ट्रक चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीवृत्त थिमीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८३ बिहिवार - १२:२७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology