Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

बागमतीमा निजी वनको सालको रुख कटानसम्बन्धी कार्यविधि स्वीकृत, अब निजि बनको साल काट्न पाइने

बागमतीमा निजी वनको सालको रुख कटानसम्बन्धी कार्यविधि स्वीकृत, अब निजि बनको साल काट्न पाइने

images

इच्छाकामना न्युज

२५, बैशाख २०८२
बागमतीमा निजी वनको सालको रुख  कटानसम्बन्धी कार्यविधि स्वीकृत, अब निजि बनको साल काट्न पाइने
images

हेटौंडा । बागमती प्रदेशभित्रका निजी वनमा रहेका साल प्रजातिको रुख कटान कार्य सुरुवात गर्न बनाइएको अनुगमनसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत भएको छ। प्रदेशको गत मंगलबार मुख्यमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । 

प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव डा.केदार बरालका अनुसार निजी वनको साल प्रजातिको रुख कटान, उपभोग, ओसारपसार, बिक्री वितरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०८१ तयार गरी स्वीकृतिका लागि प्रदेश सरकार मन्त्रिपरिषदमा पठाएकोमा उक्त कार्यविधि स्वीकृत भएर आएको बताए ।

उनले भने,‘यो कार्यविधि स्वीकृत भएसँगै कार्यविधि बमोजिम दर्ता भएका निजी वन धनीहरूले आफ्नो निजी वनमा लगाइएका वा हुर्काइएका सालका रुखहरू स्वीकृति लिई कटान र उपयोग गर्न सक्नेछन्।’

संघीय सरकारले २०८० साल मंसिर ७ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशन गरेको सूचना १ को ५ (ग)मा दर्ता भएका निजी वनमा लगाइएका वा हुर्काइएका साल प्रजातिको रुख कटान, उपभोग, ओसारपसार र बिक्री वितरण गर्न पाउने र यसको प्रदेश सरकारले आवश्यक अनुगमन गर्नुपर्ने व्यवस्था गरेको छ।

त्यसैअनुरुप प्रदेश सरकारले निजी वनको साल कटान तथा उपयोग कार्यको अनुगमन गर्न यो कार्यविधि तयार गरेको उनले बताए। 

images
प्रकाशित मिति :बैशाख २५, २०८२ बिहिवार - १८:१८:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology