Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अन्तराष्ट्रिय तमु संवाद श्रृङ्खलामा विदेशी विज्ञले सम्झिए गुरुङ समुदायको लोपोन्मुख संस्कार 

अन्तराष्ट्रिय तमु संवाद श्रृङ्खलामा विदेशी विज्ञले सम्झिए गुरुङ समुदायको लोपोन्मुख संस्कार 

इच्छाकामना न्युज

२५, आश्विन २०७७
अन्तराष्ट्रिय तमु संवाद श्रृङ्खलामा विदेशी विज्ञले सम्झिए गुरुङ समुदायको लोपोन्मुख संस्कार 
images

काठमाडौं, २५ असोज
गुरुङ समुदाय संस्कार र सस्कृतीमा धनी समुदाय हो । यो समुदायको धेरै संस्कार र सस्कृती हराई सकेका छन् । कति संस्कार र संस्कृती हराउने चरणमा पुगेका छन् । 
नेपालमै आएर गुरुङ समुदायबारे विभिन्न अध्ययन अनुसन्धान गरेका विदेशी विज्ञहले लोपुन्मुख संसकार र सस्कृतीबारे चर्चा गरे। अन्तर्राष्ट्रिय तमू परिषद्को आयोजनामा जारी दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्बाद शृंखला अन्तर्गत तेस्रो दिनको पहिलो सेसनमा आइतबार विदेशी विज्ञहरुले गुरुङ समुदायसँगको आफ्नो सम्बन्ध पनि प्रस्ट्याए । 
आफ्नो विद्यावारिधीका लागि कास्की र लम्जुङका गुरुङ महिलाबारे अध्ययन गरिरहेकी जापानकी नानाको योसिमोतोले गुरुङ समुदायमा प्रचलित रहेको पुरानो विवाह संस्कारबारे चर्चा गरे । ‘पहिलो पटक नेपाल आउँदा विवाहपछि पनि गुरुङ महिलाहरु जन्म घरमै बसेको देख्दा मलाई अचम्मित लागेको थियो’, उनले भनिन्, ‘यस्तो संस्कार जापान र एसियाका अरु देशहरुमा पनि चलनमा छन् । नेपालमा भने यो संस्कार हराउँदै गएको छ ।’
उनी यो अध्ययन गर्नुको कारण सुनाउँछिन्, ‘बिवाह गरेपछि पनि महिलाहरु जन्म घरमै बस्थे । उसका श्रीमान समय समयमा त्यहा आइरहन्थे र त्यसका लागी उनलाई अनुमती पनि दिइथ्यो । यस्तो विवाहलाई समाजले मान्यता पनि दिन्थ्यो । दुई–तीन जना नानीहरु भएपछि मात्रै उनी आफ्नो श्रीमानको घर जान्थिन् । यस्तो विवाह चलन जापानमा पनि रहेकाले मलाई अध्ययनका लागि थप इच्छुक बनाएको थियो ।’
उनी सन् २००८ मा पहिलो पटक नेपाल आएकी थिइन् । त्यसपछि सन् २०१४ मा नेपाल आई उनले आफ्नो अध्ययन सुरु गरेकी हुन् । उनले सबैको संस्कार र सस्कृतीलाई सम्मान गर्नुपर्ने बताइन् । 
यस्तै, नेपालकै गुरुङ समुदायबारे अध्ययन गरेका बेलायती प्राध्यापक साइमण्ड स्ट्रिकल्यान्डले प्ये ताँ–ल्हु ताँ गुरुङ समुदाय बुझ्ने आधिकारीक शास्त्र भएको बताए । उनले प्ये ताँ–ल्हु ताँकै बारे अध्ययन गरेका हुन् । उनी भन्छन्, ‘गुरुङ समुदायलाई चिन्न सहज हुने यो शास्त्र मैले भर्चुअल्ली पनि प्रयोग गर्न मिल्ने गरी सुरक्षित गरेर राखेको छ । तपाईहरुलाई उपलब्ध गराउन तयार छुँ ।’
उनले आफ्नो अध्ययन गर्दा सिक्लेसमा एकसय ४० प्ये ताँ–ल्हु ताँ पत्ता लागेको र त्यसअन्तर्गत १३ सय श्लोक रहेको जानकारी दिए । उनले गुरुङ सहित आदिवासी जनजातीको धर्म सस्कृतीबारे अझै अध्ययन अनुसन्धान गर्न बाँकी रहेको पनि बताए । 
गुरुङ समुदायको बारेमा अध्ययन गरेका अर्का बेलायती प्राध्यापक एलान माक्फार्लनले गुरुङ समुदायसँगको आफ्नो सम्बन्ध प्रस्ट्याए । उनी ५० वर्षदेखि निरन्तर नेपाल आएर गुरुङ समुदायबारे अध्ययन गरिरहेका छन् । उनले ५० वर्षमा १९ पटक नेपालको भ्रमण गरेका थिए । उनले आफ्नो प्रस्तुतीमा आफूले घुमेको पुरानो गुरुङ गाउँको तस्विर सार्वजनिक गरेका थिए ।

images
images

images
प्रकाशित मिति :आश्विन २५, २०७७ आइतवार - १९:१९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology