Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आगामी सत्ता समिकरणका लागि दलहरु आन्तरिक र दुई पक्षीय छलफलमा 

आगामी सत्ता समिकरणका लागि दलहरु आन्तरिक र दुई पक्षीय छलफलमा 

images

सिआईएन

१४, फाल्गुण २०७७
आगामी सत्ता समिकरणका लागि दलहरु आन्तरिक र दुई पक्षीय छलफलमा 
images

काठमाण्डौ, १४ फागुन । संसद पुनस्र्थापना गर्ने सर्बोच्च अदालतको फैसलापछि आगामी सत्ता समिकरणका लागि दलहरु आन्तरिक र दुई पक्षीय छलफलमा जुटेका छन् । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुङ्गो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने निर्णय गरेको छ । 
हिजो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनस्र्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको जानकारी गराउँदै अब के गर्ने भनेर सुझाव माग्नुभएको थियो । नेकपा प्रचण्ड नेपाल समूहका नेताहरुले हिजै जनता समाजबादी पार्टीका नेताहरुसँग मिलेर जान प्रस्ताव गरेका छन् । 
सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले जसपाका नेताहरुसँग छलफल गरेका हुन् । छलफलपछि राजपाका नेता राजेन्द्र महतोले आफूहरूका माग पूरा गर्नेसँगै सहकार्य हुने सीआईएनसँग बताउनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - ०८:५४:१३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology