Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रतिनिधी सभा पुनःस्थापना गर्ने अदालतको निर्णयसँगै चिन र भारतका राजदुतको दौडधुप तीव्र भेट्ने

प्रतिनिधी सभा पुनःस्थापना गर्ने अदालतको निर्णयसँगै चिन र भारतका राजदुतको दौडधुप तीव्र भेट्ने

काँग्रेस सभापति शेरबहादर देउवा देखि गृहमन्त्री रामबहादुर थापा (बादल) सम्म भेट गरेका राजदुतहरुले अन्य नेताहरुसँग पनि

images

इच्छाकामना न्युज

१४, फाल्गुण २०७७
प्रतिनिधी सभा पुनःस्थापना गर्ने अदालतको निर्णयसँगै चिन र भारतका राजदुतको दौडधुप तीव्र भेट्ने
images

काठमाडौं । नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम पछि नेपालका दुई छिमेकी मुलुकका राजदुतको सक्रियता बढेको छ । उत्तर छिमेकी मुलुक चीन र दक्षिण छिमेकी मुलुक भारतका नेपाल स्थित राजदुतहरुले पछिल्लो परिस्थितीका विषयमा जानकारी लिन भन्दै राजनीतिक भेटघाट शुरु गरेका छन् ।

यी भेटघाटहरु आज पनि जारी रहने बताईएको छ । काँग्रेस सभापति शेरबहादुर देउवालाई दुवै छिमेकी मुलुकका राजदुतले भेटवार्ता गरेका छन् । नयाँ सरकार गठनमा काँग्रेस निर्णायक बन्दै सभापति देउवा दुवै नेकपाका नेताहरुको तानातानमा पर्न थालेपछि भारत र चीनका राजदुत देउवा निवास पुगेर भेटवार्ता गरेका हुन् । 

देउवाले दिउँसो आफ्नै निवास वुढानिलकण्ठमा बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक  सकिए लगत्तै देउवाले भारतीय राजदुत विनयमोहन क्वात्रा र त्यसपछि चिनियाँ राजदुत होउ यान्छीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । चिनियाँ राजदुत यान्छीले देउवालाई भेट गर्नु अगाडी सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर ओली पक्षका नेता तथा गृहमन्त्री रामवहादुर थापा (बादल) सँग पनि भेटवार्ता गरेका थिए । स्रोतका अनुसार, अब प्रतिनिधीसभा पूनस्थापना पछि बन्ने सरकारको समिकरण कस्तो बन्छ ? नेकपा विभाजन रोकेर एकता प्रक्रियाको सम्भावना के हुन्छ ? सरकार कसको नेतृत्वमा बन्न सक्छ ? भन्ने विषयमा दुवै देशका राजदुतहरुको चासो रहेको देखिन्छ ।

भावी सरकार निर्माणमा निर्णायक देखिदै आएको काँग्रेसले नेकपाको विवादको अन्तिम छिनो्फानो नहुदा सम्म दुवै नेकपासँग सम्र्पकमै रहने तर विवाद टुंगो नलाग्दा सम्म सरकार समिकरणका विषयमा निर्णय नलिने निर्णय गरेपछि नयाँ सरकार गठनमा थप जटिलता देखा पर्न थालेको छ । यही बेला राजदुत क्वात्राले देउवालाई भेट गरेका हुन् । भारतीय राजदुत क्वात्राले अवको सत्ता समिकरणमा काँग्रेस कता जान चाहिरहेको छ ? भन्न्ने विषयमा देउवासँग जिज्ञासा राखेको स्रोत बताउँछ । चिनियाँ राजदुतले भने अब पूर्नस्थापना पछि को अवस्था के हुन्छ ? भन्ने बारेमा देउवासँग चासो राखेका थिए । 

दिउँसो देउवा भेट्न अगाडी गृहमन्त्रालय पुगेर गृहमन्त्री थापासँग भेटवार्ता गरेका चिनियाँ राजदुतले भने नेकपाको फेरि एकताको सम्भावनाका बारेमा चासो राखेको स्रोतले बताएको छ । नेकपा कानुनी रुपमा विभाजन भईनसकेको र प्रधानमन्त्री ओलीले संसद विघटन गर्न गरेको निर्णयलाई सर्वाेच्च अदालतले समेत बदर गरिसकेको सन्र्दभमा फेरि एकताबद्ध प्रयास गर्न सक्ने नसक्ने विषयमा गृहमन्त्रीसँग जिज्ञासा राखेकी स्रोतले बताएको छ । 

चिनियाँ पक्ष अझै पनि नेकपाको एकताको पक्षमा छ । एकता जोगाउन केही प्रयास गर्न सकिन्छ की भनेर पूर्नस्थापना पछि फेरि चिनियाँ राजदुतले सक्रियता बढाउन खोजेका हुन् । नेकपाका दुवै पक्षका दोश्रो पुस्ताका नेताहरु फेरि पार्टी एकताबद्ध बनाउन सकिन्छ की भनेर प्रयासमा लागिरहेका बेला राजदुत यान्छीले पनि सक्रियता बढाएकी हुन् । उनले आज नेकपाका अन्य नेताहरुसँग पनि अनौपचारिक कुराकानी गर्ने तयारी रहेको दुतावास स्रोत बताउँछ ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७७ शुक्रवार - ०८:३२:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology