Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

दीर्घरोगीका लागि सहयोगी बन्दै सतनचुली सामुदायिक वन

दीर्घरोगीका लागि सहयोगी बन्दै सतनचुली सामुदायिक वन

images

इच्छाकामना न्युज

५, बैशाख २०८२
दीर्घरोगीका लागि सहयोगी बन्दै सतनचुली सामुदायिक वन
images

पवन पण्डित, भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित सतनचुली सामुदायिक वन उपभोक्ता समूहले दीर्घरोग लागेका आफ्ना सदस्यलाई आर्थिक सहयोग गरिरहेको छ । वनले मृगौला र क्यान्सर पीडित सदस्यहरुलाई प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सहयोग गर्दै आइरहेको हो ।

वनका अध्यक्ष चुडामणि गुरुङका अनुसार एक वर्षको अवधिमा नौ जना सदस्यलाई आर्थिक सहयोग गरिएको छ । ‘वन संरक्षणसँगै उपभोक्तालाई सामुदायिक वनको सदस्य भएको अनुभूति दिलाउन आर्थिक सहयोग गरिएको छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म १ लाख ८० हजार रुपैयाँ रकम दीर्घरोगका बिरामीहरुका लागि खर्च भएको छ ।’ उहाँले वनले यस वर्षदेखि सदस्य परिवारका सुत्केरीलाई एम्बुलेन्स भाडावापत एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

वनले आफ्ना उपभोक्तालाई आयआर्जनसँग जोड्न यो आर्थिक वर्षबाट समूहमार्फत बाख्रापालनको कार्यक्रम पनि अघि बढाएको उहाँले बताउनुभयो । सतनचुली वनले महिलाहरुलाई आयआर्जनसंग जोड्न अचार, जुस र सस बनाउने तालिम समेत प्रदान गरेको छ । यस्तै वडासँगको सहकार्यमा छिट्टै कौसीखेती तालिमको समेत तयारी गरिएको गुरुङले बताउनुभयो ।

यस वनको संरक्षित क्षेत्रमा प्रज्ञा पार्क, पुष्प वाटिका पार्क र लखनथापा पार्क रहेका छन् । जसले पर्यापर्यटनमा समेत टेवा पु¥याएको उहाँले बताउनुभयो । यस वनको आम्दानीको स्रोत भनेकै काठ हो । यसवर्ष ५० लाख बजेट रहेको र त्यसबाटै संरक्षण र आयआर्जनका काम गरिएको वनका सदस्य अर्जुन कुमार श्रेष्ठले बताउनुभयो । उहाँले वनभित्र रहेका बेलटाँडी ताल, जुकेढाप तालको संरक्षणको काम गरिएको भन्दै यहाँ बाघ, मृग, जरायो, बँदेल लगायतका वन्यजन्तु रहेको जानकारी दिनुभयो ।

सतनचुलीमा हस्तान्तरित क्षेत्र एक सय ९८ दशमलव १० हेक्टर र संरक्षित क्षेत्र एक हजार दुई सय १४ दशमलव ५५ हेक्टर रहेको छ । सामुदायिक वनले चोरी शिकारी नियन्त्रण र डढेलो नियन्त्रणका लागि रात्रिकालीन गस्ती समेत गरिरहेको जनाएको छ । यस सामुदायिक वनमा नौ सय ३५ जना उपभोक्ता रहेका छन् । बरण्डाभार क्षेत्र अन्तरर्गत पर्ने यस सामुदायिक वन वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्रमा पनि हो ।

images
प्रकाशित मिति :बैशाख ५, २०८२ शुक्रवार - ०९:११:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology