Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

धरानको चारकोशे जङ्गलमा युवतीको शव फेला, हत्या गरेको आशंका

धरानको चारकोशे जङ्गलमा युवतीको शव फेला, हत्या गरेको आशंका

images

इच्छाकामना न्युज

२५, चैत्र २०८१
धरानको चारकोशे जङ्गलमा युवतीको शव फेला, हत्या गरेको आशंका
images

धरान । धरानको चार कोशे जङ्गलमा एक युवतीको शव भेटिएको छ । पहिचान नखुलेकी युवतीको बेवारिसले शव भेटिएपछि शव पहिचान गर्न सहयोग गरिदिनु हुन ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक अपिल गरेको छ । 

सुनसरी धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक वनमा तत्काल नामथर, वतन नखुलेको वेवारिसे महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय धरनका डिएसपी प्रकास जबेगुले बताए । उनले शव पहिचानका लागि सहयोग गर्न कोशी प्रदेशका सबै नागरिक र प्रहरी कार्यालयहरूलाई अनुरोधसहितको अपिल गरिएको बताए । 

शव फेला परेकी युवती अन्दाजी ३० वर्षकी मंगोलियन अनुहारकी छन्।  उनको नाकमा नत्था, कानमा टप लगाएकी, माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी, हातमा Bolano घडी र सेतो ब्रासलेट लगाएकी छन्। सेतो खैरो कलरको जुत्ता लगाएकी छन् । ती युवतीको कसैले जङ्गलमा ल्याएर हत्या गरेको हुन सक्ने डिएसपी जबेगुले बताए । 

युवतीको शव शल्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । उनको पहिचान खुलेपछि परिवारका सदस्य बोलाएर शवको शल्य परीक्षण गरिने डिएसपी जबेगुले बताए । उनले घटनाको अनुसन्धान गर्न प्रहरी परिचालन गरिएको बताए । 

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - १०:०४:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology