Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा चैत २९ र ३० गते राष्ट्रपति रनिङ शिल्ड हुँदै

चितवनमा चैत २९ र ३० गते राष्ट्रपति रनिङ शिल्ड हुँदै

इच्छाकामना न्युज

२५, चैत्र २०८१
चितवनमा चैत २९ र ३० गते राष्ट्रपति रनिङ शिल्ड हुँदै
images

चितवन । चितवनमा चैत २९ देखि १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा हुने प्रतियोगिता चैत २९ र ३० गरी दुई दिनसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन २९ गते बिहान ९ बजे भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले गर्ने समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार प्रतियोगिताको खेलहरु भरतपुर कभर्डहल र बिशालचोक स्थित विरेन्द्र बहुमुखी क्याम्पसमा डिग्री कलेज मैदानमा हुनेछ । दुई दिन चल्ने प्रतियोगतामा चितवनका ४ पालिकाबाट पाँच सय खेलाडीहरु सहभागी हुनेछन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र ईच्छाकामना गाउँपालिकाबाट खेलाडीहरु सहभागी हुनेछन् ।

उनीहरुले एथ्लेटिक्स, कराँते, तेक्वान्दो, कबड्डी, र भलिवलमा प्रतिस्पर्धा गर्नेछन् ।  चितवनका तीन पालिका भने यस पटक सहभागी छैनन् । कालिका, राप्ती र खैरहनी नगरपालिकाले भने सहभागिता जनाएको छैन ।

समितिका अध्यक्ष कार्कीले ती पालिकालाई बारम्बार जानकारी गराउँदा पनि सहभागिता नजनाएको बताए । यसले ती पालिकाका क्षमतावान खेलाडीहरु खेल्नबाट बन्चित भएको कार्कीले बताए । यो खेलाडीका लागि दु:खद पक्ष भएको उनको भनाइ छ । प्रतियोगिताको तयारी तिव्र गतिमा भईरहेको छ ।

images
images

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - ०९:०७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology