Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

शंकर पोखरेलको प्रश्न- बीपीको सालिकमा कालोमोसो दल्नेहरूले के सन्देश दिन खोजिएको हो ?

शंकर पोखरेलको प्रश्न- बीपीको सालिकमा कालोमोसो दल्नेहरूले के सन्देश दिन खोजिएको हो ?

images

इच्छाकामना न्युज

२३, चैत्र २०८१
शंकर पोखरेलको प्रश्न- बीपीको सालिकमा कालोमोसो दल्नेहरूले के सन्देश दिन खोजिएको हो ?
images

काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राप्रपाले नेपालगन्जमा बीपी कोइरालाको सालिकमा कालोमोसो दलेर तोडफोड गरेको घटनालाई लोकतन्त्रप्रतिको असहिष्णुता र राजावादी सोचको परिचायक बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले यस्ता कार्यहरूले राजावादीहरू वास्तवमा के चाहन्छन् भन्ने स्पष्ट भएको टिप्पणी गरे। उनका अनुसार राप्रपाले राजसंस्थाको पुनर्स्थापनाको आन्दोलन भन्दै यस्तो ‘धृष्टता’ गर्नु आपत्तिजनक मात्र नभई लोकतान्त्रिक मूल्यविपरीतको कदम हो।

उनले लेखेका छन्, “अब आफैं बुझ्नुस्, राजावादीहरू के चाहन्छन्? नेपालगन्ज जस्तो संवेदनशील ठाउँबाट यस्तो सन्देश आउनु कांग्रेसभित्र रहेका संवैधानिक राजसंस्थाका समर्थकहरूका लागि चेतावनी हो।”

पोखरेलले पूर्वराजा ज्ञानेन्द्रको शासनकाल स्मरण गराउँदै भने, “यदि बीपीले त्यो शासन बेहोर्नु परेको भए, उहाँ निःसन्देह गणतन्त्रको पक्षमा उभिनुहुन्थ्यो। बीपीभन्दा बढी संवैधानिक राजसंस्थाका हिमायती गिरिजाप्रसाद कोइरालाले समेत गणतन्त्रलाई अंगालेका थिए।”

images
प्रकाशित मिति :चैत्र २३, २०८१ आइतवार - १०:२८:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology