Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेशसभा बैठक आज बस्दै

images

इच्छाकामना न्युज

१९, चैत्र २०८१
बागमती प्रदेशसभा बैठक आज बस्दै
images

मकवानपुर। बागमती प्रदेशसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने दलहरुबिच सहमति जुट्न ढिलाई हुँदा मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

विगतमा भएका सहमति कार्यान्वयनको विषयमा सरकार र विपक्षी दलहरुबिच विवाद रहेको छ ।

बागमतीप्रदेशका प्रदेश सभामुख भुवनकुमार पाठकले दिउँसो १ बजेका लागि बोलाउनुभएको बैठक दलहरुबिच सहमति नजुट्दा दिउँसो ४ बजेका लागि सारिएको थियो ।

प्रदेश सभाका सचिव पूर्णबहादुर दर्जीले प्रदेशसभा बैठकसम्बन्धी सूचना जारी गर्दै विशेष कारणबस बैठक बस्न नसकेको जनाउनुभएको छ ।

बैठक विशेष कारणबस बस्न नसकेकाले सभामुखले बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी समय निर्धारण गर्नुभएको सूचनामा भनिएको छ ।

प्रदेश सभाका सचिव दर्जीले ढिला भएका कारण मङ्गलबारको बैठक बस्न नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बुधबार दिउँसो १ बजे बस्ने गरी सभामुखले समय निर्धारण गर्नुभएको छ ।’’

यसअघि सभामुख पाठकको आह्वानका बिहान ८ बजेका लागि बोलाइको बैठक एक घण्टा ढिला गरी सुरु भए पनि बजेटसम्बन्धी विवादका कारण प्रदेश सभाको बैठक सञ्चालन गर्ने बारेमा सहमति जुट्न सकेको थिएन ।

यसअघि नेकपा (माओवादी केन्द्र)ले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने अडान लिएपछि बैठक बस्न ढिलाइ भएको थियो ।

माओवादी केन्द्रका प्रमुख सचेतक रत्न ढकालले विगतमा भएका सहमतिहरु तीन दिनभित्रमा कार्यान्वयन गर्ने सहमति सर्वदलीय बैठकमा भएको बताउनुभयो ।

सर्वदलीय बैठकपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने गरी सहमति भएको थियो । 

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलले विगतमा सरकारले बजेट सम्बन्धमा गरेको सहमति समेट्न नसकेको जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०८१ बुधवार - ०८:५८:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology