आँबुखैरेनी, १८ चैत्र । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती तनहुँले स्वबियु निर्वाचनमा निर्वाचित आँबुखैरेनी क्याम्पसका स्वबियु पदाधिकारीका लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती तनहुँका संयोजक सुर्य बहादुर गौलीको अध्यक्षता तथा पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं तनहुँ जिल्ला ईन्चार्ज आशा कोईरालाको प्रमुख आतिथ्यतामा सो बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको हो ।
गत चैत्र ५ गते आँबुखैरेनी क्याम्पसमा सम्पन्न स्वबियु निर्वाचनमा निर्वाचित निशान मगर (अनेरास्ववियु क्रान्तिकारी) का टिमलाई बधाई तथा शुभकामना एवंम प्रमाणपत्र सहित सम्मान गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती तनहुँले जनाएको छ ।
स्वबियु निर्वाचनमा निर्वाचित निशान मगर (अनेरास्ववियु क्रान्तिकारी) को टिमलाई पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं तनहुँ जिल्ला ईन्चार्ज आशा कोईराला, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज लामिछाने, केन्द्रिय सदस्य ओमकुमारी पौडेल, केन्द्रिय सदस्य गिता राई, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य दुर्गा अर्याल, प्रदेश सदस्य प्रेम बहादुर गुरुङ्ग, प्रदेश सदस्य मिना अधिकारी, नेकपा माओवादी केन्द्र आँबुखैरेनी गाउँ कमिटीका अध्यक्ष ईश्वर गौली, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य मनोज बास्तोला लगाएतकाले बधाई तथा शुभकामना एवंम प्रमाणपत्र सहित सम्मान गरेका थिए ।