Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्वोच्च अदालतको फैंसलाले देश अध्यारो सुरुङ्ग भित्र छिर्नबाट बच्योः मन्त्री चुमान 

सर्वोच्च अदालतको फैंसलाले देश अध्यारो सुरुङ्ग भित्र छिर्नबाट बच्योः मन्त्री चुमान 

इच्छाकामना न्युज

१२, फाल्गुण २०७७
सर्वोच्च अदालतको फैंसलाले देश अध्यारो सुरुङ्ग भित्र छिर्नबाट बच्योः मन्त्री चुमान 

आँबुखैरेनी, १२ फागुन । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैंसलाले देश अध्यारो सुरुङ्गभित्र छिर्नबाट बचेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी पोखरा र आँबुखैरेनी गाउँपालिकाको सहयोग तथा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशको आयोजनामा तनहुँको आँबुखैरेनीमा आजबाट सुरु भएको “सूचना प्रविधीको विकास र पत्रकारीता” विषयक २ दिने बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। 
संविधानले आफै लिग नछोडेको र लिग छोडाईएको जिकिर गर्दै यदि संविधानले लिग छोडेको भए देश अध्यारो सुरुङ्ग भित्र छिर्ने र अहिले सम्मको सम्पूर्ण प्राप्त उपलब्धी गुम्ने निश्चिति रहेको मन्त्री चुमानले बताउनुभयो। संविधानलाई सर्वोच्च अदालतले सम्मान गरेकोले देश अध्यारो सुरुङ्गबाट बचेको र जस्ले प्रतिनीधी सभा विघटन गरेका हुन् उनीहरुले जनता सामु माफि माग्नुपर्ने पनि उहाँले बताउनुभयो।

images

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - २२:३५:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology