Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

चितवनमा आजदेखि ५ दिने भलिवल प्रशिक्षक प्रशिक्षण सुरु

चितवनमा आजदेखि ५ दिने भलिवल प्रशिक्षक प्रशिक्षण सुरु

images

इच्छाकामना न्युज

१४, चैत्र २०८१
चितवनमा आजदेखि ५ दिने भलिवल प्रशिक्षक प्रशिक्षण सुरु
images

चितवन । चितवनमा आधारभूत भलिवल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा आज (शुक्रबार) बाट प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

हिमालय दण्डपाणी न्यौपाने माविमा सुरु भएको कार्यक्रमको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गरेका थिए । सो क्रममा लामाले जिल्ला खेलकुदले पछिल्लो समय गरिरहेको गतिविधिहरुको प्रशंसा गरे । उनले प्रशिक्षकका लागि यो कार्यक्रम फलदायी हुने बताए ।    

485872685_574014348987779_7833472949991734604_n.jpg

प्रशिक्षणमा बागमती प्रदेशका १३ जिल्लाबाट ४५ जना भलिवल प्रशिक्षकहरु सहभागी छन् । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका खेल विज्ञ शिवराज भट्ट र भलिवल प्रशिक्षक जगदिश भट्टले प्रशिक्षण दिने जिल्ला खेलकुद बिकास समितिका सदस्य सैलेश थापाले जानकारी दिए ।

चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा बागमती प्रदेश कँराते प्रमुख गगन लामा, कार्यक्रम संयोजक एवं व्यवस्थापक रामहरि ढकाल, समितिका जिल्ला सदस्य छविरमण तिमल्सिनालगायत उपस्थित थिए ।  प्रशिक्षण चैत २० गतेसम्म चल्नेछ ।

images
प्रकाशित मिति :चैत्र १४, २०८१ शुक्रवार - २२:२४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology