Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धेरै दुध बिक्री गर्ने तनहुँका लेखनाथ बाँस्तोला पुरस्कृत

धेरै दुध बिक्री गर्ने तनहुँका लेखनाथ बाँस्तोला पुरस्कृत

इच्छाकामना न्युज

११, चैत्र २०८१
धेरै दुध बिक्री गर्ने तनहुँका लेखनाथ बाँस्तोला पुरस्कृत
images

अमरराज नहर्की

images
images


तनहुँ, चैत्र १२ गते ।
 तनहुँका एक किसानले दुध बेचेर डेढ लाख पुरस्कार हात पार्नु भएको छ । पुरस्कार पाउनेमा व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला हुनुहुन्छ । गण्डकी प्रदेशको उत्पादनको आधारित अनुदान कार्यक्रमअन्तर्गत किसान  बाँस्तोलाले सो रकम पुरस्कार पाएपछि पेशाप्रति गौरवान्वित हुनुहुन्छ ।

पाँच वर्ष अघिदेखि कृषि पेशामा लाग्नु भएका किसान बाँस्तोलाले यातायात व्यवसाय छोडेर व्यावसायिक रुपमा गाईपालन तथा बाख्रा पालन गर्नु भएको छ । कोरोनाको समयमा लामो समयसम्म बन्दाबन्दी (लकडाउन) हुँदा आर्थिक अवस्था कमजोर भएपछि गाउँ फर्किएर उहाँले पशुपालन पेशा गर्नुभएको हो ।

यातायात व्यवसायबाट मनग्य आम्दानी हुने गरेपनि लकडाउनले धरासायी बनेपछि पेशा परिवर्तन गरेको बाँस्तोलाले बताउनुभयो । उहाँका फार्ममा हाल २२ वटा जर्सी तथा होलस्टेन जातका उन्नत गाई छन् । जसमध्ये १५ लैना गाईबाट दैनिक दुई सय लिटर दुध उत्पादन गरी मासिक चार लाखको बिक्री गर्ने गरेको बाँस्तोलाले बताउनुभयो । गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दुध बिक्री गरेर खर्च कटाएर मासिक दुई लाख बचत हुने गरेको बाँस्तोलले बताउनुभयो । बाँस्तोलाले भन्नुभयो, “उत्पादनमा आधारित प्रति लिटर दुई रुपियाँ अनुदानअन्तर्गत डेढ लाख पुरस्कार पाए पेशाप्रति गौरव महशुस भएको छ ।”

यातायात व्यवसायभन्दा गाई पालनबाट सन्तुष्टि मिलेको बाँस्तोलाको भनाइ छ । बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले बाँस्तोला गाउँमा सबैभन्दा धेरै दुध बिक्री गर्ने किसान हुुनुहुन्छ । रानाले भन्नुभयो, ‘‘बाँस्तोलाले दैनिक दुई सय लिटरभन्दा धेरै दुध बिक्री गर्नु हुन्छ । गरे के हुँदैन भन्ने प्रेरणाको स्रोत बन्नु भएको छ ।” 

गाईको साथै बाँस्तोलाले बाख्रा पालनबाट पनि मनग्य आम्दानी गर्नुभएको छ । उहाँले ५० वटा बोयर बाख्रा पाल्नुभएको छ । गाई र बाख्रा दुबै थप गरेर हालको आम्दानीलाई दोब्बर पार्ने सोच आएको बाँस्तोलाले बताउनुभयो । सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ । व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेशा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको बाँस्तोला बताउनुहुन्छ । युवाहरुलाई कृषिमा भुलाउन दाना तथा चोकरमा अनुदानको व्यवस्था गर्ने, उत्पादनको आधारमा प्रोत्साहन रकम दिनुपर्ने बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र ११, २०८१ मंगलवार - २२:३८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology