Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

बागमती प्रदेशसभा बैठक चैत १९ गते

बागमती प्रदेशसभा बैठक चैत १९ गते

images

इच्छाकामना न्युज

११, चैत्र २०८१
बागमती प्रदेशसभा बैठक चैत १९ गते
images

मकवानपुर । बागमती प्रदेशसभा बैठक चैत १९ गतेका लागि बोलाइएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा बैठक झण्डै २ महिनापछि डाकिएको हो ।

सभामुख भुवनकुमार पाठकले १९ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठकमा संसद्‍मा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । संसदीय समितिमा विचाराधीन रहेको संशोधन विधेयकका प्रतिवेदन पेस गरी पारित गर्नुपर्ने भएकाले बैठक आह्वान गरिएको उनले बताए ।

यसअघि प्रदेशसभाको गत माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत माघ २३ मा दुई, २४ मा एक र २६ मा दुई वटा बैठकहरु सञ्चालन भएका थिए । बैठकमा विषयगत समितिमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान-२०७६ लाई संशोधन गर्न बनेको विधेयक, कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औधोगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाबाट फिर्ता भई आएको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनसहित प्रतिवेदन पेस हुने कार्यसूची छ ।

संसद् बैठक बोलाइएसँगै शिक्षा, स्वास्थ्य तथा कृषि समिति बैठक चैत १३ र १४ गतेका लागि बोलाइएको छ ।

उद्योग, पर्यटन तथा वातावरण समिति बैठक चैत १७ र १८ गते बस्ने तयारी भएको छ । बैठकले संसदमा पेस हुने संशोधन विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिने प्रदेशसभाले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ११, २०८१ मंगलवार - २२:३३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology