काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गर्नुभएको छ । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उहाँले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताउनु भयो ।
उहाँले वर्तमान सरकारविरुद्ध राजनीतिक आन्दोलनलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि एमालेले आवश्यकता अनुसार अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने उहाँको भनाई छ ।