Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

चितवनका गुरुङ समुदायले मनाए ट्हो त्हेँ पर्व 

चितवनका गुरुङ समुदायले मनाए ट्हो त्हेँ पर्व 

इच्छाकामना न्युज

५, चैत्र २०८१
चितवनका गुरुङ समुदायले मनाए ट्हो त्हेँ पर्व 

चनौली । तमू प्ये ल्हु संघ चितवनको नेतृत्वमा चितवनका गुरुङ समुदायले मङ्गलबार ट्हो त्हेँ पर्व मनाएको छ । गाउँघरको रक्षाको लागि मनाइने यस पर्व लोप हुने अवस्थामा पुगेपछि संरक्षणको लागि मनाइएको तमू प्ये ल्हु संघ चितवनले जनाएको छ । गुरूङ समुदायमा पुस्तौँदेखि चलिआएको रीत प्राविधिक युगको आगमनसँगै बसाइसराइका कारण हराउने अवस्थामा आइपुगेपछि पुस्तान्तरणमा समस्या नहोस् भनेर हरेक वर्ष मनाउने गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

images

पुरानो चलनअनुसार कात्तिक र चैत महिनाको पहिलो अथवा अन्तिम मङ्गलबार ट्हो त्हेँ पर्व मनाउने गरिन्छ । गुरूङ समुदायमा गाउँमा पसेको दुष्ट अथवा राक्षसलाई घ्याप्री तथा पच्यु (पुरोहित) ले तन्त्रमन्त्र गरेर झ्याली र ढ्याङ्ग्रो बजाएर लखेटेपछि गाउँमा शान्ति मिल्ने विश्वास गरिन्छ । सोहीअनुसार चितवन जिल्लामा पनि गुरूङ समुदायको बसोबास रहेका स्थानहरुमा पर्व मनाउने गरिएको अध्यक्ष तमूले बताए ।

480968668_122193023720057604_6815925351581126267_n.jpg

तर, नयाँ पुस्तामा ट्हो त्हेँबारे कम जानकारी भएको हुँदा पुरानै पुस्ताले यसको संरक्षण गर्दै आएको छ । तमू प्ये ल्हु संघ भरतपुर–१५ को इकाइ समिति र कुखे माङी क्होइबो सूर्यनगरको व्यवस्थानमा यस वर्षको ट्हो त्हेँ मनाएको हो । ‘हामी हरेक पर्व फरक–फरक इकाइमा गएर ट्हो त्हेँ मनाउने गर्छौँ,’ उनले भने, ‘इकाइ–इकाइमा गएर पर्व मनाउँदा गुरूङ जातिले मनाउने सांस्कृतिक पर्वबारे धेरैले ज्ञान प्राप्त गर्न सकिन्छ ।’

पच्यु इन्द्रबहादुर क्रोम्छेँ तमूका अनुसार पहिलेपहिले ट्हो त्हेँ पर्व पुरूङहरुको सहभागीतामा मात्रै मनाउने प्रचलन थियो । तर, अहिले पुरूष र महिला सबैको उपस्थितिमा मनाउने कार्यको विकास भएको छ । ‘उहिले पुरूषहरुको मात्रै उपस्थितिमा रातको समयमा मनाउने चलन थियो,’ उनले भने, ‘पुरुषहरु मात्रै हुने कार्यक्रममा असभ्य भाषाको प्रयोग गरेर गाउँमा लुकेको राक्षस लखेट्ने चलन थियो । तर, अहिले समयक्रमअनुसार प्रचलन फेरिँदै गएको छ ।’

485722720_122193023606057604_2100787917808352157_n.jpg

पहिलेपहिले गुरूङ समुदायको बसोबास रहेका हरेक गाउँको चारतिरै माने हुन्थ्यो । गाउँ छिरेको राक्षसलाई लखेटेर त्यही मानेमा थुनिदिने विश्वास गरिन्थ्यो । तर, पछिल्लो समय गाउँबाट बजार झर्ने क्रम बढेसँगै सबै जातिको सामूहिक बसोबास रहने हुँदा माने निर्माण गर्न छाडेको उनले बताए । वर्षमा एक पटकमात्रै ट्हो त्हेँ पर्व मनाउँदा वर्षभरी गाउँमा सुख, शान्ति छाउने विश्वास गरिन्छ ।

‘मानव जगतमात्र नभई हरेक प्राणी जगतको भलोको लागि पनि यो पर्वले विशेष अर्थ राख्ने गर्दछ,’ उनले भने, ‘घरमा पालिने हरेक जीवजनावरको रक्षाको लागि पनि ट्हो त्हेँ पर्वले मह¤व राख्ने विश्वास छ ।’

मङ्गलबार भरतपुर–१५ स्थित सूर्यनगर तथा कान्छी चोक आसपासका गुरूङ गाउँ परिक्रमा गरेको थियो । बिहान ढ्याङ्ग्रो र झ्याली बजाउँदै गाउँको रखबार गर्न चोकचोकमा पूजा गर्दै निकालिएको शोभा यात्रा कुखे माङी क्होइबोमा आएपछि औपचारिक कार्यक्रममा परिणत भएको थियो । दिनभरी भएको औपचारिक कार्यक्रममा तमू समुदायले मनाउने सांस्कृतिक पर्वको आवश्यकता, मह¤व र संरक्षणबारे चर्चा गरिएको थियो ।

images
प्रकाशित मिति :चैत्र ५, २०८१ बुधवार - ०८:४२:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology