Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको प्यानल नै निर्वाचित

आँबुखैरेनी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको प्यानल नै निर्वाचित

इच्छाकामना न्युज

४, चैत्र २०८१
आँबुखैरेनी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको प्यानल नै निर्वाचित
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा रहेको आँबुखैरेनी क्याम्पसमा मंगलबार भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेद्वारको प्यानल नै निर्वाचित भएको छ । निर्वाचनमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उम्मेद्वार निशान मगरको प्यानल नै निर्वाचित भएको हो । 

images
images

स्ववियु सभापतिमा निर्वाचित मगरले ९७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका बोनिस अधिकारीले ६४ र अनेरास्ववियूकी रक्षा पोखरेलले ७ मत प्राप्त गरेका छन् । 

सचिवमा गंगा प्रसाद लामिछाने, कोषाध्यक्षमा करुण गुरुङ, सदस्यमा मेनुका खत्री, सुरेश नेपाली, बिज्ञा रानामगर निर्वाचित भएका छन् । 

222.jpg

images
प्रकाशित मिति :चैत्र ४, २०८१ मंगलवार - २१:०२:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology