आँबुखैरेनी, चैत्र ३ । राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी गाउँ कार्य समिती वडा नं. १, २, ३ र ५ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी आँबुखैरेनी गाउँ कार्य समितीका सभापति राम श्रेष्ठको अध्यक्षता तथा सांसदहरु डा. स्वर्णीम वाग्ले, हरी ढकाल ज्यु, निशा डाँगीको विशेष उपस्थितीमा वडा नं. १, २, ३ र ५ को प्रथम वडा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले वडा नं १.को सभापतिमा नवीन पन्त, वडा नं २. को सभापतिमा राम बहादुर वली, वडा नं.३ को सभापतिमा गोविन्द अधिकारी र वडा नं. ५. को सभापतिमा राम कृष्ण गुरुङलाई चयन गरेकोे राष्ट्रिय स्वतन्त्र पाटी तनहुँ जिल्ला सह–सचिव एवं क्षेत्रिय संगठन विभाग प्रमुख अनिल श्रेष्ठले जानकारी दिए ।