Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

फोनिज बागमती प्रदेशमा पुनः युवराज श्रेष्ठ

फोनिज बागमती प्रदेशमा पुनः युवराज श्रेष्ठ

images

इच्छाकामना न्युज

१, चैत्र २०८१
फोनिज बागमती प्रदेशमा पुनः युवराज श्रेष्ठ
images

चितवन । नेपाल​ आदिवासी ज​न​जाति प​त्र​कार​ म​हासंघ​ (फोनिज​) बाग​मती प्र​देश​मा​ युवराज श्रेष्ठ पुनः अध्यक्षमा चयन भएको छ । फोनिज बागमती प्रदेशको तेस्रो म​हाधिवेश​न​बाट स​र्व​स​म्म​त श्रेष्ठ (रामेछाप) पुनः​ अध्यक्षमा निर्वाचित भएको​ हो ।

महाधिवेशनबाट उपाध्यक्षमा दिल बहादुर लामा (मकवानपुर), महिला उपाध्यक्षमा अनिता डंगोल (काठमाडौं), महासचिवमा राजु नापित​ (काठमाडौं), सचिव संस्थागत हिरालाल गुरुङ्ग (चितवन), महिला सचिवमा निशा गुरुङ्ग मकवानपुर, कोषाध्यक्षमा शंकर श्रेष्ठ (धादिङ) चयन भएका छन् ।

यस्तैगरी सदस्यहरुमा बाबुकाजी श्रेष्ठ (भक्तपुर), उद्धवकुमार श्रेष्ठ (सिन्धुली), मानकाजी तामाङ्ग (सिन्धुपाल्चोक), र​त्न​काजी प्र​जाप​ती (भक्तपुर), संस्थागत सदस्यहरु रवि महर्जन (काठमाडांै), जर्नेल घले (रसुवा), तेज नाहिरिङ्ग राई (काठमाडौं), श्यामलाल लामा (काठमाडौं), अल्पसंख्यक सदस्य विशाल राज राई (सिन्धुली)लाई निर्वाचित गरेको हो ।

त्यस्तै, लेखा समिति संयोजकमा अशोक सुजन श्रेष्ठ, अनुशास​न​ स​मिति संयोज​कमा ज​ग​त​ तामाङ​ र सदस्यमा प्र​दिप​ कुमार​ श्रेष्ठ, लेखा समिति सदस्य (खुल्ला) मा निर बहादुर तामाङ्ग (चितवन) चयन भएका छन् भने संघीय​ प्रतिनिधिहरुमा सरस्वती श्रेष्ठ, राजेश रुम्बा लामा (चितवन), श्याम राना मगर चुनिएका छन् ।

नयाँ कार्यसमिति तीन वर्षे कार्यकालको हुनेछ भने चार जना सदस्यहरुको उमेदवारी नपरेकोले पहिलो बैठकबाट मनोनित गरिने निर्वाचत समितिले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र १, २०८१ शनिवार - २२:४५:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology