Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सर्वोच्चको फैसलापछि चितवनमा दाहाल–नेपालद्वारा एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट

सर्वोच्चको फैसलापछि चितवनमा दाहाल–नेपालद्वारा एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट

नैतिक आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने प्रचण्डको भनाई

images

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
सर्वोच्चको फैसलापछि चितवनमा दाहाल–नेपालद्वारा एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट
images

चितवन, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतले आज संसद पुर्नस्थापना गर्ने फैसला गरेपछि चितवनमा रहेका अध्यक्ष प्रचण्डले साँझ कार्यकर्ताहरुसंग खुशी साटासाट गर्दै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले सर्वोच्चले जनताको पक्षमा फैसलामा गरेको भन्दै यो जनताको जीत भएको प्रतिक्रिया दिए ।

सर्वोच्चको फैसलापछि सो समूहका दुवै अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट समेत गरेका छन् । सो समूह समर्थित युवाहरुले नारायणगढमा विजयी र्‍याली समेत निकालेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २०:५३:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology