Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चितवनमा गुरुङ समुदायको क्होइबो धीँ निर्माणको लागि भारतीय नागरिक सैनिद्वारा १ लाख १२ हजार सहयोग 

चितवनमा गुरुङ समुदायको क्होइबो धीँ निर्माणको लागि भारतीय नागरिक सैनिद्वारा १ लाख १२ हजार सहयोग 

इच्छाकामना न्युज

१२, फाल्गुण २०८१
चितवनमा गुरुङ समुदायको क्होइबो धीँ निर्माणको लागि भारतीय नागरिक सैनिद्वारा १ लाख १२ हजार सहयोग 
images

चितवन। तमूहरुको मौलिक धर्म, भाषा, संस्कार र संस्कृतिको संरक्षण, प्रबर्द्धन र सम्बर्द्धनको लागि खोलिएको संस्था तमु प्ये ल्हु संघ चितवनले तमूहरूको आस्था र विश्वासको धरोहर क्होइबो धीँ निर्माणार्थ जमिन खरिदको लागि आर्थिक संकलन अभियानमा तमु प्ये ल्हु संघ चितवन अगाडि बढिरहेको छ । सोही अभियानकै क्रममा तमु प्ये ल्हु संघ चितवनलाई हाल दुवईमा कार्यरत भारतीय नागरिक अरूण सैनिले क्होइबो धीँ निर्माणाको लागि १ लाख १२ हजार १ सय १५ रूपैयाँ रकम सहयोग गर्नुभएको छ । 

images
images

अभियानलाई स–गौरव सफल पार्नको लागि संस्थाका जिन्सी संयोजक दान बहादुर तेल्मे गुरुङको छोरा पुरन तेल्मे गुरुङले आफ्नो भारतीय साथीलाई आग्रह गरि सो रकम संकलन गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमूले बताउनुभयो । सो रकम सोमबार भरतपुर स्थित पाते ढिंडो एण्ड रिसोर्टमा एक कार्यक्रमको आयोजना गरि संस्थाका अध्यक्ष बिक्रम च्हम्रु तमूलाई हस्तान्तरण गरिएको हो । 

तमू प्ये ल्हु संघ चितवन विगत ३–४ महिना देखि यस अभियानमा अगाडि बढिरहेको छ र २ करोड लागत परियोजनाको अभियानमा अगाडि बढ्दै गर्दा हाल सम्ममा संघले ३५ लाख भन्दा बढी रकम संकलन गरिसकेको अध्यक्ष तमूले जानकारी दिनुभयो । 

सो कार्यक्रममा तमू प्ये ल्हु संघ केन्द्रीय समितिका उपाध्यक्ष तथा बागमती प्रदेश प्रमुख तुलाराम टु क्ल्हेप्री तमू, केन्द्रीय सल्लाहकार जगत बहादुर टु क्ल्हेप्री तमू र कार्यसमितिका पदाधिकारीहरूको सहभागीता रहेको थियो । उक्त कार्यक्रम संस्थाका अध्यक्ष अध्यक्ष बिक्रम च्हम्रु तमूको अध्यक्षतामा सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८१ सोमवार - २१:३२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology