Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुकुम्बासी र भूमिहिनको समस्या समाधान गर्न देशभर तीब्र रुपमा लगत संकलनको काम भइरहेको आयोगका अध्यक्ष ज्ञवालीको भनाई

सुकुम्बासी र भूमिहिनको समस्या समाधान गर्न देशभर तीब्र रुपमा लगत संकलनको काम भइरहेको आयोगका अध्यक्ष ज्ञवालीको भनाई

रासस

१०, फाल्गुण २०७७
सुकुम्बासी र भूमिहिनको समस्या समाधान गर्न देशभर तीब्र रुपमा लगत संकलनको काम भइरहेको आयोगका अध्यक्ष ज्ञवालीको भनाई
images

चितवन, १० फागुन । भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सुकुम्बासी र भूमिहिनको समस्या समाधान गर्न देशभर तीब्र रुपमा लगत संकलनको काम भइरहेको बताउनुभएको छ । आज भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति चितवनको कार्यालय उद्घाटन गर्दै उहाँले अर्को बर्षसम्म सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नेगरी काम भइरहेको बताउनुभयो । विगतमा जिल्ला तहमा हुने गरेको काम यसपटक स्थानिय तहलाई जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो ।

images
images

‘देशभर १३ लाख सुकुम्बासी, अव्यवस्थित होलान भन्ने अनुमान गरेका थियौं, उहाँले भन्नुभयो’,तर पछिल्लो ट्रेन हेर्दा यो संख्या बढ्ने देखिएको छ ।’ देशभर अव्यवस्थितको संख्या सबैभन्दा धेरै देखिएको उहाँले बताउनुभयो । लगत संकलन पछि स्थानीय तहले गरेको सिफारिसको आधारमा आयोगले वास्तविक सुकुम्बासीको सूचीकृत गर्दै लालपुर्जा वितरण गर्ने ज्ञवालीले बताउनुभयो । उहाँले जनप्रतिनिधि नै सहभागी भएर प्रकृया पुरा हुने भएकाले यसपटक विगतमा जस्तो धोका नहुने दाबी गर्नुभयो । ‘विगतमा सुकुमबासीलाई आश्वासन मात्र दिने गरिएको भन्दै ज्ञवालीले भन्नुभयो, ’यसपालि हामी कानुनीरुपमा बलियो भएका छौं, अब धमाधम काम अघि बढ्छ ।’

कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष यादव पाठकले स्थानिय पालिकाहरुले गरिरहेको लगत संकलनको कामको अनुगमन निरन्तर गरिरहने बताउनुभयो । उहाँले कार्यालय भर्खर स्थापना भएपनि नियुक्ति लिएको दिनदेखिनै काम गरिरहेको जानकारी दिनुभयो । उहाँले आयोगको योजना अनुसारका काम सम्पन्न गर्न वडा स्तरदेखि नै सबै जिम्मेवार बन्नुपर्ने बताउनुभयो । जिल्ला समन्व समिति चितवनको भवन भित्रै आयोगको जिल्ला कार्यालय स्थापना गरिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतले बोल्नुभएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - २०:१७:२४ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology