Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तनहुँमा दाहाल–नेपाल समूहले किन सकेन नेतृत्व चयन गर्न ? 

तनहुँमा दाहाल–नेपाल समूहले किन सकेन नेतृत्व चयन गर्न ? 

इच्छाकामना न्युज

१०, फाल्गुण २०७७
तनहुँमा दाहाल–नेपाल समूहले किन सकेन नेतृत्व चयन गर्न ? 

तनहुँ, १० फागुन । नेकपाको नेपाल दाहाल समूहले ६५ जिल्लामा नेतृत्व चयन गरेको छ । तर खेमाका धेरै र शक्तिशाली नेता रहेको तनहुँमा भने कमिटी गठन गरिएको छैन । गण्डकी प्रदेशका अरु जिल्लामा समेत संगठन पुनगर्ठन भए पनि तनहुँमा भने हुन सकेन ।
श्रोतका अनुसार तनहुँमा साविक एमालेको नेतृत्वमा संगठन गठनको सहमति भएको छ । तर पनि कसलाई नेतृत्व दिने भन्ने विषय भने टुंगन नसकेको छैन ।
जिल्ला अध्यक्षका लागि साविक एमालेका धेरै नेता हालका गण्डकी प्रदेश कमिटी सदस्य शंकरनारायण श्रेष्ठको पक्षमा छन् । श्रेष्ठले भने साविक माओवादीका नेता एवं हालका सेक्रेटरी राजेन्द्रकेशरी न्यौपानेलाई अघि सारेका छन् ।
तर साविक माओवादीकै कतिपय नेताले श्रेष्ठलाई नै अध्यक्ष बनाउन लबिङ गरेका छन् ।
नेतृत्वले यस विषय केही दिनमै टुंग्याउने एक नेताले बताए । अरु जिल्लामा पनि बाँकी रहेकाले एकै चोटी सबै जिल्लामा नेतृत्व चयन हुने ती नेताले बताए ।

images

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १९:४४:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology