Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

निर्वाचन हुन्छ ढुक्क हुनुस्ः उपप्रधानमन्त्री पोखरेल

निर्वाचन हुन्छ ढुक्क हुनुस्ः उपप्रधानमन्त्री पोखरेल

इच्छाकामना न्युज

१०, फाल्गुण २०७७
निर्वाचन हुन्छ ढुक्क हुनुस्ः उपप्रधानमन्त्री पोखरेल
images

चितवन ,१० फागुन । सात्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । बाहिर जसले जस्तो सुकै हल्ला गरे पनि निर्वाचन हुनेमा आशंक नगर्न पोखरेलले आग्रह गर्नुभएको हो ।

images
images

चितवनको भरतपुरमा आज आयोजित नेकपा जिल्ला अधिवेशन आयोजक कमिटी चितवनको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
लोकतन्त्रमा विश्वास राख्ने सम्पूर्ण राजनीतिक शक्तिहरु निर्वाचनमा जाने भन्दै पोखरेलले बाहिर गरिएको हल्लाको पछि नलाग्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो । निर्वाचनका तयारीका लागि सबै सुरक्षा निकाय तथा निर्वाचन आयोगसमेत तयार रहेको उहाँको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आजै ५९९ सदस्यीय कमिटी घोषणा गरेको छ । जिल्ला कमिटी घोषणा गरेसँगै उनीहरुलाई सचिवालय सदस्य पोखरेलले सपथ खुवाउनुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वाग्मती प्रदेश सहईन्चार्ज काशिनाथ अधिकारी, प्रदेश अध्यक्ष आनन्द पोखरेललगायतले संसद् विघटन गर्नुपर्ने बाध्यताबारे जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १९:२७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology