चितवन । नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर २९ स्थित सेतिदोभानमा एकाबिहानै बस दुर्घटना भएको छ । अहिले उद्धर कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हाल सम्म २४ जनाको उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको छ । बस सडकबाट २० मिटर तल खोल्सामा खसेको छ । आज विहान ४ : ४० बजेको समयमा दुर्घटना भएको हो । पुरा विवरण आउन बँकी छ ।