देवघाट । गाउँ कार्य समिती देवघाट तनहुँको दोस्रो पालिका अधिवेशनबाट नेपाल निजामती कर्मचारी युनियन देवघाट गाउँ कार्य समिति देवघाट गाउँपालिकाको अध्यक्ष पदमा कृष्णराज पन्त सर्वसहमत निर्वाचित भएका छन्।
बिहीवार सम्पन्न दोस्रो पालिका अधिवेशनबाट कृष्णराज पन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएका छन्।
देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्णबहादुर कुंवरको प्रमुख उपस्थितिमा भएको सो अधिवेशनले नेपाल निजामती कर्मचारी युनियन देवघाटको उपाध्यक्षमा जीवन गुरुङ,उपाध्यक्ष समावेशीमा सरस्वती राना,सचीवमा कर्ण बहादुर गुरुङ,सह-सचीवमा बलबहादुर सिकर्मी,कोषाध्यक्षमा सरद न्यौपाने सर्वसहमत चयन भएका छन्।
यसैगरी सदस्य (खुल्ला )तिर्थराज ढुंगाना,सदस्य (खुल्ला )दिपक सिंह धामी,सदस्य महिला रोशनी पन्त,सदस्य महिला संगीता तामाङ,सदस्य सम्भुप्रसाद कापडी,पुनम थापा,लेखराज निरौला सर्वसहमत चयन भएका छन्।
अधिवेशन हुनुपूर्वको खुला सत्रमा विशिष्ट अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई,नेपाली काङ्ग्रेस गण्डकी प्रदेश (ख)उपसभापति राधादेवी खनाल,नेपाली काङ्ग्रेस तनहुँ जिल्ला सदस्य अर्जुन अधिकारी,नेपाली काङ्ग्रेस भरतपुर महानगर वडा नम्बर ९ का सभापति डिल्लीप्रसाद सापकोटा,नेपाल निजामती कर्मचारी युनियन निवर्तमान केन्द्रिय सदस्य डिलबहादुर आलेमगर,नेपाल निजामती कर्मचारी युनियन जिल्ला सचीव रामहरि खनाल,नेपाल निजामती कर्मचारी युनियन जिल्ला सदस्य कृष्ण राना लगायतको उपस्थिति रहेकोे थियोे।