Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

प्रदेश सांसद गीता गुरुङको नेतृत्वमा बागमती प्रदेशका योजनाको चितवनमा स्थलगत अनुगमन

प्रदेश सांसद गीता गुरुङको नेतृत्वमा बागमती प्रदेशका योजनाको चितवनमा स्थलगत अनुगमन

images

इच्छाकामना न्युज

२०, माघ २०८१
प्रदेश सांसद गीता गुरुङको नेतृत्वमा बागमती प्रदेशका योजनाको चितवनमा स्थलगत अनुगमन
images

चितवन । बागमती प्रदेशसभाका सदस्य गीता गुरुङले पश्चिम चितवनको विकास निर्माणका लागि स्थलगत अनुमगन तथा निरीक्षणमा लाग्नुभएको छ ।

बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, आर्थिक मामिला एवम् योजना मन्त्रीका स्वकिय सचिव अनुप अधिकारी सहित गुरुङ बागमती प्रदेश भित्रका योजनाहरुको स्थलगत अनुगमनमा लाग्नुभएको हो । उहाँले पश्चिम चितवनको विकास र समृद्धिका लागि भएका योजना र आगामी हुनुपर्ने योजनाका विषयमा स्थानिय तहका जनप्रतिनिधि तथा स्थानिय बासिसंग अन्तरक्रिया समेत गरिरहनुभएको छ ।

छलफल तथा भेटघाटका क्रममा स्थानियले बागमती प्रदेशबाट विकास निर्माणमा दिर्घकालिन योजना ल्याउन सुझाव दिएका छन् । सांसद गुरुङको टोलीले हुलाकी मार्गको रूपमा प्रयोग हुँदै आएको घोसरघाट पुल निर्माण, मेघौली विमानस्थल, आन्तरिक पर्यटनको प्रवद्र्धनको लागि खोलिएका होमस्टे र कुमाल र थारु समुदायको संग्रालयको समेत अनुगमन गरेको थियो ।

सो अवसरमा भरतपुर २६ र २७ का सबै राजनीतिक दलका अध्यक्ष, पूर्व वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - ०९:५३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology