इच्छाकामना । नेपाली कांग्रेस इच्छाकामना ३ को सय दिने अभियान सम्पन्न भएको छ । नेपाली कांग्रेस इच्छाकामना ३ का सभापति राम बहादुर गुरुङको सभापतित्व तथा केन्द्रिय सदस्य तथा सय दिने विशेष अभियान चितवनका प्रतिनिधि मधु आचार्यको प्रमुख आतिथ्यतामा चौतारामा एक कार्यक्रमकाबिच समापन गरिएको हो ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य कमला पन्त, चितवनका सभापति राजेश्वर खनाल,निवर्तमान सभापति जीत नारायण श्रेष्ठ,पूर्व प्रदेशमन्त्री उत्तम जोशी, प्रदेशसभा सदस्य विनु रायमाझी, प्रदेसभा सदस्य माया श्रेष्ठ, सय दिने अभियानका जिल्ला प्रतिनिधि विपिन रामुदामु र जिल्ला सदस्य सावित्री पुडासैनी खनाल विशिष्ट अतिथि रहनुभएको थियो ।
२०४८ देखि २०५२ का जनप्रतिनिधि तथा अग्रजहरुलाई सम्मान तथा भोज कार्यक्रम मनाइएको हो । २०८१ कार्तिक ३० गतेदेखि २०८१ माघ १२ गते सम्म अभियान सञ्चालन भएको थियो ।
कार्यक्रम वडा नम्बर ३ का पार्टी सचिव धन बहादुर बानियाले सञ्चालन गर्नुभएको थियो ।