Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पत्रकार महासंघ तनहुँले धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि घुम्ती बैठक गर्ने

पत्रकार महासंघ तनहुँले धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि घुम्ती बैठक गर्ने

images

इच्छाकामना न्युज

११, माघ २०८१
पत्रकार महासंघ तनहुँले धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि घुम्ती बैठक गर्ने
images

दमौली । नेपाल पत्रकार महासंघ तनहुँले जिल्लास्थित विभिन्न स्थानीय तहमा रहेका धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि घुम्ती बैठक आयोजना गर्ने निर्णय गरेको छ । शाखाको विहिबार सम्पन्न कार्यसमिति बैठकले पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यसहित जिल्लाका सबै स्थानीय तहका धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा बैठक आयोजना गर्ने निर्णय गरेको हो ।

जसअनुसार आगामी बैठक फागुन १० गते व्यास नगरपालिका–३ स्थित व्यास गुफामा आयोजना गर्ने निर्णय भएको महासंघका तनहुँका सचिव कृष्ण न्यौपानेले जानकारी दिए । यस किसिमको बैठक आयोजना गर्दा सम्बन्धित स्थानीय तहसँग समन्वय गरिने उनको भनाइ छ ।
बैठकले नेपाल पत्रकार महासंघका तनहुँ शाखाका सदस्यहरुको स्वास्थ्य बीमा गर्नका लागि शाखाको अनुरोधमा व्यास नगरपालिकाले सहयोग गर्ने निर्णय गरेकामा व्यास नगरपालिकालाई हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

यस्तै शाखाको आयोजनामा पेशागत व्यावसायिक तालिम सञ्चालन गर्ने र सहयोगका लागि स्थानीय तहसँग अनुरोध गर्ने निर्णय गरिएको छ । यस्तै शाखाको आयोजनामा जिल्लास्थित सबै स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसँग उपयुक्त समयमा अन्तरक्रिया आयोजना गर्ने निर्णय गरिएको छ ।

यस्तै शाखाको भवन मर्मत सम्भारका लागि सहयोग गर्न संघ प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ । बैठकले शाखाका सचिव कृष्ण न्यौपानेका पिता रामचन्द्र न्यौपानेको असामयिक एवं दुःखद निधन भएकामा शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :माघ ११, २०८१ शुक्रवार - ०९:३४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology