Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

रवि र छविविरुद्ध आज रूपन्देहीमा मुद्दा दर्ता हुँदै

रवि र छविविरुद्ध आज रूपन्देहीमा मुद्दा दर्ता हुँदै

रवि र छविविरुद्ध आज रूपन्देहीमा मुद्दा दर्ता हुँदै
images

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध आज (शुक्रबार) मुद्दा दर्ता गरिँदै छ ।

images
images

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले आज सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गरिने जनाएको छ । सरकारी वकिल कार्यालयले बिहीबार नै मुद्दा दर्ताको तयारी गरेको थियो ।

तर, समय अभाव भएपछि उक्त मुद्दा दर्ता आज गरिने सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलले बताए । सुप्रिम सहकारीका १० हजार ३९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाखभन्दा बढी रकम अपचलन भएको पाइएको छ ।

त्यसमध्ये १४ करोडभन्दा बढी रकम लामिछाने प्रवन्धक रहेको गोर्खा मिडिया नेटवर्कमा गएको खुलेको छ । प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदनका आधारमा आज मुद्दा दायर गर्न लागेको हो ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ६० लाख धरौटी तिरेर रिहा भएका छन् ।

images
प्रकाशित मिति :माघ ४, २०८१ शुक्रवार - ०९:०३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology