Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आबुँखैरेनी स्थित रामशाह माविका प्रअलाई कारवाही गर्नुपर्ने एमाले नेता गुरुङको भनाई

आबुँखैरेनी स्थित रामशाह माविका प्रअलाई कारवाही गर्नुपर्ने एमाले नेता गुरुङको भनाई

images
आबुँखैरेनी स्थित रामशाह माविका प्रअलाई कारवाही गर्नुपर्ने एमाले नेता गुरुङको भनाई
images

दमौली, माघ २ । नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले आबुँखैरेनी गाउँपालिका–३ स्थित रामशाह माविका प्रअ लगायतलाई कारवाही गर्नु पर्ने बताएका छन् ।

गत शनिबार रामशाह माविको ५४ औं वार्षिकोत्सवको कार्यक्रममा उक्त विद्यालयका कक्षा ७ का विद्यार्थीले चौथो तलामाथिबाट जिपलाईनमा आई कार्यक्रमका प्रमुख अतिथी तनहुँ क्षेत्र नम्बर १ का सांसद स्वर्णिम वाग्लेलाई माला लगाईदिएको विषयमा सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै पुर्व मन्त्री समेत रहेका गुरुङले उक्त कार्यक्रमका आयोजक तथा विद्यालयका प्रअ प्रेम राज लामिछानेलाई कारवाही गर्नु पर्ने बताएका हुन् ।

‘यहाँका प्रधानाध्यापक तथा आयोजकहरूलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ! अभिभावकहरू सचेत हुनु होस्, आफ्ना छोराछोरीको जीन्दगीमाथि खेलवाड गर्ने, अवोध बालबालिकाको जीवनमा खेलवाड गर्ने यिनीहरू गुरू होइनन्, नरपिचासहरू हुन् ।’ गुरुङले भनेका छन् ‘विद्यालय चटक देखाउने थलो होइन, विद्या आर्जन गर्ने पवित्र मन्दिर हो ।

ज्ञान आर्जन गर्ने ठाउँ हो, सर्कस होइन । न यो साहसिक खेल खेल्ने ठाउँ र उमेर हो । विद्यालयमा साहसिक खेल खेलाउन पाइदैन र उमेर नपुगेका कुनै पनि बालबालिकालाई साहसिक खेल खेल्न कानुनी प्रतिबन्ध छ । विद्यालयमा पढ्ने कलिला बालबालिकालाई यसरी गैरकानुनी जोखिमपुर्ण कार्य गराउने जोसुकै हुन्, कडा भन्दा कडा कारवाही हुनुपर्छ ।’ एमाले नेता गुरुङले आफ्नो स्टाटसमा कार्यक्रमका प्रमुख अतिथी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका डा. वाग्लेलाई समेत कटाक्ष गरेका छन् ।

‘सहकारी ठगेर पार्टी सञ्चालन गर्ने, नेपाली नटवरलालहरू, तिलस्मी कथाका नायक ठान्नेहरू, स्वागतका भोका व्वाँसाहरू, कान खोलेर सुन्नु, यो बालहिंसा हो, यो कुनै साहसिक कार्य होइन, बालअपराध हो ।’ गुरुङले लेखेका छन् ‘यहाँका प्रधानाध्यापक तथा आयोजकहरूलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ! म यस्ता नीच एवं जोखिमपूर्ण हरकतको विरोध र भत्र्सना गर्न चाहन्छु साथै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उक्त वार्षिकोत्सवको कार्यक्रममा विद्यार्थीद्वारा देखाईएको उक्त कार्यको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भने स्वभाविक भएको बताएका छन् । स्काउट भित्र यस्ता प्रस्तुती नियमित हुने अध्यक्ष चुमानले बताए ।

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - २२:३८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology