Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खेलकुद विकास समिति चितवनका नवनियुक्त अध्यक्ष कार्कीले सम्हाले कार्यभार

खेलकुद विकास समिति चितवनका नवनियुक्त अध्यक्ष कार्कीले सम्हाले कार्यभार

खेलकुद विकास समिति चितवनका नवनियुक्त अध्यक्ष कार्कीले सम्हाले कार्यभार
images

चितवन । चितवन जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजन कार्कीले कार्यभार सम्हालेका छन् ।

नवनियुक्त अध्यक्ष कार्कीले सोमबार कार्यालय पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् । प्रदेश खेलकुद विकास परिषदले कार्कीलाई पुष २६ गते ११ महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको थियो । कार्यभार सम्हाले लगत्तै उनले १० औं राष्ट्रिय खेलकुद महोत्सव २०८१ को छनौट चरणका लागि चितवनबाट नाम दर्ता गराएका खेलाडीहरुको नामावली प्रदेश खेलकुद विकास परिषदलाई सिफारिस गरेका छन् ।

कार्यभार सम्हादै खेल क्षेत्रलाई राजनीतिबाट टाढा राख्ने प्रतिवद्धता व्यक्त गरेका छ्न् । खेल क्षेत्रको बिकासमा राजनीति बाधक बनेको भन्दै उनले आफ्नो चार वर्षे कार्यकालमा खेलकुदलाई राजनीति भन्दा बाहिर राख्ने बताए । उनले आफ्नो कार्यकालमा चितवनलाई खेलकुदमय बनाउने पनि प्रतिवद्धता व्यक्त गरे ।

उनले आफूले खेल, खेलाडी तथा प्रशिक्षकको हकहितका लागि काम गर्ने बताए । यस्तै अध्यक्ष कार्कीले जिल्लाका सम्पूर्ण खेलका रेफ्रीहरुलाई व्यवस्थित गरिने बताए । यसका लागि सबै पुराना रेफ्री तथा निर्णायकहरुलाई सूचिकृत तथा नविकरण गर्न आह्वान पनि गरेक छन् ।  

नवनियुक्त अध्यक्ष कार्की पूर्व अन्तरराष्ट्रिय खेलाडी हुन् । उनी नेपाल सितेरियो कराँते संघ चितवनका उपाध्यक्ष तथा भरतपुर महानगर कमिटी अध्यक्ष समेत हुन् । 

images
images

images
प्रकाशित मिति :माघ २, २०८१ बुधवार - ०९:५८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology