Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाट गाउँपालिकाको गाउँसभा तथा १५ औँ अधिवेशन सम्पन्न

देवघाट गाउँपालिकाको गाउँसभा तथा १५ औँ अधिवेशन सम्पन्न

images

इच्छाकामना न्युज

२२, पौष २०८१
देवघाट गाउँपालिकाको गाउँसभा तथा १५ औँ अधिवेशन सम्पन्न
images

देवघाट । तनहुँको देवघाट गाउँपालिकाले आर्थिक ऐन र विनियोजन ऐन पारित गरेको छ । गाउँपालिकाको गाउँसभा तथा १५ औँ अधिवेशनबाट आर्थिक ऐन (प्रथम संशोधन), विधेयक–२०१ र विनियोजन ऐन (प्रथम संशोधन) विधेयक–२०१ पारित गरिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङद्वारा प्रस्तुत ऐन सोमबारको गाउँसभा तथा अधिवेशनले सर्वसम्मत रूपमा पारित गरेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए ।

त्यसबाहेक सभाका सदस्य यामबहादुर मगरबाट प्रस्तुत गरिएको यसअघिका विभिन्न आर्थिक वर्षहरुमा महालेखा परीक्षकको कार्यालयबाट औँलयाइएका नियमित गर्न सकिने प्रकृतिका बेरूजु रकम नियमित गर्नसमेत सभासमक्ष पेस भएको उनले बताए ।

सभाबाट गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक भुवनसिं गुरूङले हालसम्मको न्यायिक समितिको प्रतिवेदनसमेत पेस गरेका थिए । उनका अनुसार गत आर्थिक वर्षको समेत गरी कूल १२ वटा उजुरी दर्ता हुँदा आठ वटा उजुरीउपर कारवाही भएको र तीन वटा उजुरी फछ्र्यौट भएका छन् ।

गाउँसभामा वडा नं.४ का अध्यक्ष मित्रलाल गुरूङ र वडा नं.५ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर शुभकामना मन्तव्य दिएका थिए भने सभाका सदस्य बुद्धिबहादुर पाण्डे र सदस्य सुन्दर भुजेलले शून्य समयमा समसामयिक विषयबारे बोलेका थिए ।

images
प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - २२:४८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology